लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भेरिगंगा नगरपालिकामा पनी सुरु

सुर्खेत, ०९ कार्तिक । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।
नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ’समानताको पुस्ता स् बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।


यसैविच भेरिगंगा नगरपालिका सुर्खेतमा पनी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना गरिएको भेरिगंगा नगरपालिकाकाी उपप्रमुख रेणु आचार्यले बताईन् ।

कार्यक्रमममा भेरिगंगा नगरपालिका महिला तथा बालबालीका शाखाकी प्रमुख सविता राणले कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यत्रफममा भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रशाद पाैडेल लगाएत सम्पुर्ण कर्मचारिहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमको अवशरमा निशुल्क प्रेसर तथा सुगथर जाँच पनी गरिएको थियो ।

कार्यपत्रको पुर्णपाठ ।

सविता राणा
म्हिला तथा बालबालिका शाखा प्रमुख
भेरीगंगा नगरपालिका, छिन्चु ।

अन्तर्राष्ट्रिय लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान – २०७६

“इचबलनभ तजभ ध्यचमि स् न्भलभचबतष्यल भ्त्रगबष्तिथ क्तबलमक ब्नबष्लक च्बउभ ʼʼ
“समानताको पुस्ता ः बलात्कार विरुद्धको ऐक्यवद्धता”

हरेक वर्ष नोभेम्वर २५ देखि १० डिसेम्वरसम्म विश्वभर अन्तर्राट्रिय लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम सहित भव्य रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा आज नोभेम्बर २५, २०१९ आजको दिन देखि डिसेम्वर १० सम्म “ समानताको पुस्ता ः बलात्कार विरुद्धको ऐक्यवद्धता ’’ ( इचबलनभ तजभ ध्यचमि स् न्भलभचबतष्यल भ्त्रगबष्तिथ क्तबलमक ब्नबष्लक च्बउभ ) भन्ने मूल नाराका साथ विश्वभर लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईएको छ । यस अभियानको पृष्ठभूमिलाई हेर्दा सन् १९६० मा अफ्रिको डोमिनिकन गणतन्त्रका तत्कालिन त्रुजीलो तानाशाही सरकारले मिरावेल परिवारका प्याट्रिया, मिनर्भा र मारीया नामका तीन दिदीबहिनीको निर्मम हत्या गरेको संदर्भसित जोडीएको छ । राजनितिक हिंसाको प्रतिरुप मानिने त्यस्तो घटना फेरी कहिल्यै कतै नदोहोरियोस भनेर विश्वका महिला अधिकारवादीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्मृती दिवस मनाउने परम्परा थालेपछि त्यसैको कदर गर्दै संयूक्तराष्ट्रसंघले यसलाई अन्राष्ट्रिय स्वरुप प्रदान गरेको हो । तानाशाही शासनसत्ता विरुद्ध उठेका महिला आवाज दबाउन तत्कालिन शासनसत्ताले गरेको हिंसा विरुद्ध सन् १९९० को लयख। द्दछ लाई संयूक्तराष्ट्रसंघले महिला हिंसा सवरुद्धको अन्तर्राट्रिय दिवस मनाउने निर्णय गरे पश्चात सन् १९९१ देखि हरेक वर्ष नोभेम्वर २५ देखि १० डिसेम्वरसम्म महिला माथि हुने हिंसा तथा लैंङ्गिक हिंसा अन्त्यका लागी विभिन्न दवाव तथा चेतनामूलक कार्यक्रम आयोजना गरी अन्तराष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउन थालिएको हो । नेपालमा विशेष गरी २०५४ साल देखि महिला तथा वालवालिकाको मानव अधिकार संरक्षण गर्न, उनिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सूनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंङ्गिक समानता कायम गर्न नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैंङ्गिक हिंसा विरुद्ध विविध सचेतनामूलक कार्यक्रम संचालन गरी भव्यरुपमा मनाउँदै आएको छ ।

गत विगतका वर्षहरुमा झैं यस वर्ष पनि “ समानताको पुस्ता ः बलात्कार विरुद्धको ऐक्यवद्धता ’’ भन्ने मूल नाराका साथ देशका सबै ठाउँमा अन्तर्राट्रिय लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०७६ मनाई रहेका छन् । यस्ता अभियान तथा कार्यक्रमहरुको माध्यमबाट जनमानशमा हिंसा विरुद्ध चेतना बढ्दो क्रममा नै छन् तर पनि महिला र बालबालिका विरुद्ध घरभित्र र घर बाहिर हुने हिंसाका डरलाग्दा स्वरुपहरु अधिकांश रुपमा यथावतै रहेको पाईन्छ । जस्तै ः बल बिवाह, बहु बिवाह, कुटपिट, जवरजस्ती करणी, बोक्सीको आरोप, बलात्कार, हत्या जस्ता अनेकौं घटनाहरु हुने गरेका छन् । शारिरीक, मानसिक तथा आर्थिक रुपमा पनि महिला माथि प्रत्यक्ष वा परोक्षरुपमा हिंसाका घटनाहरु प्रशस्त भैरहेको देखिन्छ ।

समाजमा लुकेका, लुकाईएका अनि परम्परा, धर्म, संस्कृतिको आडमा भएका हिंसा हेर्ने हो भने लाग्दैन कि हामी मानव विकासको २१ औं शताव्दीमा छौं । त्यसैले अन्यौल भएं, महिला हिंसा कताबाट र कुन शब्दले शुरु गरु ? सोचें ती घात, प्रतिघात, शोषण, दमन, अन्याय, अत्याचार,सबै सम्झे, अनुभूति गरे, खै के गर्न सके र ? लाग्यो भित्री आत्मादेखि । आत्मग्लानी हुँदै ती निरिह महिलाहरुको निल डाम सम्झे, भोको पेट अनि भित्रभित्रै गुिम्सएका बेदनाका ती लामा सुस्केराहरु सम्झे, न्यायको पर्खाईमा झिनो आशा बोकेका थकित आँखाहरु, अनि आवाज विहिन कलेटी परेका औंठका मलिन मुस्कानहरु सम्झे । यस्तै कैयांै कारुणिक दृश्य सम्झे । मन भक्कानियो, आँखा रसाए भारी मनको मझेरीबाट आहट निस्कियो………

आधा आकाश पुरुष आधा आकाश नारी
अझै पनि किन नारी घाम झैं डाँडा पारी ?

यी हामी सबै महिलाहरुका अवस्था र स्थिति हुन् । अझ बढी हामीजस्ता सामाजिक कार्यकर्ताको जो आफ्नो पीडासँगै हजारौंको पीडासँग बुझ्नु र जुझ्नु पर्छ ।

परापूर्वकालदेखि महिलाहरु उपर हिंसा हुँदै आए । सहन हुँदै गए । कतिले अन्याय सम्झे, कतिले स्वाभाविक प्रक्रिया सम्झे, घरभित्रै पिल्सिए, रोए, कराए, आत्महत्या गरे, मारिए, घरबाट निकालिए, जबरजस्ती गरिए तर नगन्य महिला मात्र यसको प्रतिवादमा उत्रिए जसको फलस्वरुप आज हामी लैंङ्गिक हिंसा विरुद्धको यो दिवश मनाई रहेका छौं ।

महिला हिंसा विरुद्धको विश्व अभियान चलिरहेकै वेला यस सम्बन्धि केही प्रश्न हाम्रो सामु तेर्सिन पुगेका छन् । यति धेरै कार्यक्रम र अभियानहरु संचालन भई रहँदा पनि किन लैंङ्गिक हिंसा अन्त्य हुन सकेको छैन ? किन महिला हरुलाई बोक्सीको आरोप लगाउने र यातना दिने जस्ता कुकर्म थामिएको छैन ? किन दाईजोको रुपमा प्रताडित भई रहनु परेको छ ? किन घरेलु हिंसाको समुचित रोकथाम हुन सकेको छैन ? किन विशेष गरी महिला र बालिकाहरु बलत्कृत, यौनजन्य विकृति सामाजिक हिंसाको शिकार बनि रहनु परेको छ ? यी र यस्ता हजारौं सवाल छन् जुन एककाईसौं शताव्दीको सभ्य समाजमा पनि उदेकलाग्दो गरी बारम्बार उठाईरहनु परेको छ ।महिलाहरु अझैपनि पितृसतात्कम जाँतोमा पिल्सिन बाध्य छन् । उनिहरुलाई सामाजिक कुरितिले धेरै ठाउँमा सिमान्तकृत तुल्याईरहेको छ । समयले इतिहासको अंध्यारोमा पुरिसकेका कुसंस्कारहरुले जीवनमार्गमा अगाडी बढ्न निरन्तर तगारो तेर्साई रहेका छन । यौनजन्य विकृत सोचबाट उब्जीएका संरचनात्मक हिंसाका स्वरुपहरुले पाईला पाईलामा टाउको उठाई रहेका छन् । आखिर कहिलेसम्म ………. !?

महिला अधिकारको हिसावले हेर्ने हो भने, वि.सं. १९८२ मा सतीप्रथाको अन्त्य संगै नेपालमा शुरु भएको महिला अधिकार विश्वकै नमूनाको रुपमा रहेको पाईन्छ । महिला हिंसाका स्वरुपहरु परिवर्तन भए जस्तै नियन्त्रणको लागी विभिन्न सामाजिक तथा कानूनी प्रयासहरु भएका छन् । महिलाहरुका लागी विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरिदै आएको छ । महिला र बालबालिकाको मुद्या हेर्न प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेवा केन्द्रको स्थापना गरिएको छ । महिला आयोग छ । राज्यको हरेक निकायमा महिला सहभागिता अनिवार्य बनाईएको छ । स्थानीय तहमा महिला र बालबालिकाको विकासको लागी बजेट छुट्टाईएको छ । पैतृक सम्पत्तिमा अधिकार, आमाको नामबाट नागरिकता बन्ने प्रावधान छ । प्रजनन् स्वास्थ्यलाई महिलाको मौलिक अधिकारको रुपमा राखिएको छ । घरेलु हिंसा कसुर सँजाय ऐन २०६६ बनेको छ । तैपनि समाजमा अपेक्षाकृत परिवर्तन आउन सकेको छैन । यसको कारण सायद पुरुषको साथ र सहयोग नहुनु नै हो । यसर्थ महिला हिंसा न्यूनिकरण तथा अन्त्य गर्नको लागी महिला पुरुष समन्वय, सहकार्य, समझदारीताको अत्यन्तै आवश्यक छ ।

लैंङ्गिक आधारमा महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागी तुलनात्मक रुपमा राम्रो कानूनी व्यवस्था गरेको छ । तर कार्यान्वयनको प्रभावकारिता भने कमजोर रहेको पाईन्छ । घटना गुपचुप गरिने, दर्ता नगरिने, मिलापत्र गराउनमा बढी जोड दिने, न्यायिक प्रकृयामा जान निरुत्साहित गरिने, अदालती प्रकृया लामो हुने जस्ता अनेकौं कारणले गर्दा धेरैजस्तो घटनामा पीडकहरु मथिको कारवाही निष्प्रभावी हुने गरेको छ ।
सरकार एक्लैले हिंसा अन्त्य गर्न सक्दैन यसको लागी बढि भन्दा बढी जनचेतना अभिवृद्धिमा जोड दिनु आवश्यक छ । यस्तो हिंसा अमानविय, असामाजिक, गैर कानूनी र मानव अधिार विरुद्धको अपराध हो भन्ने चेतना घरघरमा जनजनमा पु¥याउनु पर्दछ । पीडितलाई न्याय र पीडक माथिको कारवाही प्रकृया छिटो र प्रभावकारी हुनु पर्दछ । हिंसामा पर्नेलाई आपूm हिंसामा परेको छु भन्ने र हिंसा गर्नेलाई आपूmले हिंसा गरेको हो र यो अपराध हो भन्ने बोध हुने अवस्था सृजना गर्न सके हिंसा न्यूनीकरण हुँदै जान्छ ।

विगतमा भन्दा बर्तमानमा कानूनी व्यवस्था, संस्थागत संरचना, व्यक्ति समाज र समुदायमा धेरै सुधारका प्रयासहरु भएका देखिन्छन् । तथापी परम्परागत सोच, अन्धविश्वास, आर्थिक, शक्तिहिनता, अशिक्षा, अज्ञानता आदिले अझै थुप्रै हिंसाजन्य कार्यहरु, घर गाउँ समाज र राज्यमा पनि देख्न पाइन्छ । कानून निर्माणले मात्र सहजता पाउँदैन । कानूनका उपचार लिन सक्ने सक्षम मानव शक्ति निर्माण गर्न जरुरी छ अहिले । त्यसैले घर देखि हिंसालाई रोक्ने प्रयत्न गरौं भने, हिंसा सहने बानी छाड्यौं भने र हिंसाका प्रतिकार गर्न जुट्यौं भने हिंसा न्यूनिकरण हुँदै अन्त्य हुने कुरामा विश्वास लिन सकिन्छ ।

त्यसैले आउनुहोस आजैबाट हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु भन्ने प्रतिवद्धता गरौं । म बाट शुरु गरौं । महिला तथा बालबालिका विरुद्धको हिंसा अन्त्य गरौं । यस १६ दिने अभियानबाट हामी सबैमा सकारात्मक परिवर्ततन आओस, हिंसा रहित सभ्य समाजको निर्माण गर्न सकौं । सबैलाई हार्दिक शुभकामना धन्यवाद ।