पुँजीगत खर्च बढाउन राज्यमन्त्रि रावतको निर्देशन

सुर्खेत, ९ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि नवराज रावतले विकास बजेट खर्च गर्न सुर्खेतस्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
सोमबार वीरेन्द्रनगरमा सुर्खेतस्थित कार्यालय प्रमुखहरुसंगको भेटघाटमा राज्यमन्त्रि रावतले पुँजीगत विकासको खर्च नभएसम्म विकास नहुने भन्दै विकास खर्च बढाउन निर्देशन दिएका हुन् । ‘नेतृत्व त आउँछ जान्छ स्थायी सरकार तपाईहरू हो’ कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै राज्मन्त्रि रावतले भने,‘ बजेट खर्च नहुने समस्या छ यसलाई बढाउन सहयोग गर्नुस ।’ पुँजीगत बजेट खर्च गर्न नसकेसम्म समृद्धि संभवन नभएको भन्दै उनले विकास बजेट खर्च बढाउन निर्देशन दिए । कानुनी तथा नीतिगत झण्जेट भए सकारले सहज बनाउने तर त्यसको कार्यान्वयनक लागि कर्मचारीहरु सहयोग हुनुपर्ने उनको भनाइ छ । बजेट खर्च गर्नका लागि विगतमाम कर्मचारी अभावलाई देखाउन गरिएको भएपनि अब समायोजनबाट कर्मचारीको व्यवस्थापन भएकाले विकास खर्च गर्नुपर्ने उनले बताए । विकास खर्च गर्नका लागि सबै निकायमा दक्ष कर्मचारी नहुनु एउटा समस्या भएको बताउँदै उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । अहिले तीनवटै तहका सरकारमा जनप्रतिनिधि भएपनि कर्मचारीको सहयोगविना पुँजीगत खर्च गर्न असंभव रहेको उनको भनाइ छ ।
सरकारले जनताका लागि विभिन्न कार्यक्रम ल्याएको तर जनताको पहुँचमा सहजै पुग्न नसकेको भन्दै राज्यमन्त्रि रावतले जनतासम्म पु¥याउने जिम्मा कर्मचारीकै भएको बताए । ‘राज्यले निशूल्क औषधी लगायत थुप्रै खालका घोषणा गरेका छ’, रावतले भने,‘तर ती घोषणाहरु जनतासम्म पुग्न सकेका छैनन् । त्यसैले सर्वप्रथम यसअघिका घोषणालाई जनतासामू पु¥याउने कुरामा ध्यान दिउँ ।’ राज्यमन्त्रि सामु कार्यालय प्रमुखहरुले विभिन्न माग राखेका छन् । कतै कर्मचारी नभएर त कतै कर्मचारी धेरै भएर समस्या भएको कार्यालय प्रमुखहरुको गुनासो छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जिल्लामा शान्ति सुरक्षाको कायम गरिएको जानकारी गराए ।