नेकपाको चौकुने कमिटी विस्तार


सुर्खेत ।
नेकपाको चौकुने गाउ पालिका स्तरीय कमिटीको टुगो लागेको छ । गत मंसिर ७ गते बसेको चौकुने गाउँ कमिटीको पहिलो बैठकले ५ सदस्यीय कार्यालय र २५ सदस्यीय सचिवालयको टुृगो लगाएको हो ।
कमिटीका अध्यक्ष गंगाराम विकको अध्यक्षतामा बसेको बैठकले गंगाराम विक, हरिप्रसाद अधिकारी, खगेन्द्र चलाउने, शंकर कामी र कमल जिसीलाई कार्यालय सदस्यमा चयन गरेको हो । यसैगरी नव गठित २५ सदस्यीय सचिवालय कमिटीमा अध्यक्ष, गंगाराम विक, सचिव हरिप्रसाद अधिकारी, सदस्यहरुमा खगेन्द्र चलाउने, कमल जिसी, शंकर कामी, लक्षिराम आले, गणेश राना, केशर नाम्जाली, रतन चलाउने, मिनसिंह थापा,कासीराम देवकोटा, कृपाराम अधिकारी, नन्दाराम रिजाल, पदम कडेंल, विर्खवहादुर बडुवाल, खगेन्द्र बुढा, टेकबहादुर मिजार, नविन धमला, अमर चलाउने, डिल्लीसिं वि क, राजमती विष्ट, धर्मसिं वोहोरा, जिरवहादुर विसी, वलवहादुर नेपाली, ईन्द्र सोनी गरिएको छ ।
त्यसैगरि १० वडा रहेको चौकुनेमा समेत अध्यक्ष सचिव चयन भएका छन । वडा नं १ मा बलबहादुर कठायत अध्यक्ष र पदम सावद सचिव, वडा नं २ मा सुर्य शाही अध्यक्ष र घनश्याम वम सचिव, वडा नं ३ मा अध्यक्ष निरक राना सचिव दिपक रोकाय, वडा नं ४मा टेकबहादु्र मिजार अध्यक्ष जयमणि जैसी सचिव, वडा नं ५ मा तेजेन्द्रबहादुर बयक अध्यक्ष ध्वोज विक सचिव, वडा नं ६ मा अमर चलाउने अध्यक्ष भक्ति देवकोटा सचिव, वडा नं ७ मा कासीराम देवकोटा अध्यक्ष नविन धमाला सचिव, वडा नं ८ कृपाराम अधिकारी अध्यक्ष देविराम विक सचिव, वडा नं ९ मा शिवलाल विसी अध्यक्ष नन्दाराम रिजाल सचिव र वडा नं १० मा लालसि विक अध्यक्ष धर्मसि बोहोरा सचिव चयन भएका छन ।
शपथग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्ट सह इन्चार्ज विन्दमान विस्ट, झकबहादुर मल्ल, जिल्ला अध्यक्ष धुव्रकुमार शाही, सचिव कृष्ण जिसी, कर्णाली प्रदेश कमिटीका सदस्यहरु ताराप्रसाद देवकोटा, अमृत विसी, नविक विक सहित प्रतिनिधि सभा निर्वाचन समन्वय कमिटीका संयोजक गोविन्द तिमिल्सेना, प्रदेशसभा संयोजक खडक विक, कार्यालय सदस्य मोहनसिह बडुवाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष इन्द्र जोशी, शिक्षक महासंघका अध्यक्ष दिनेश जोशी लगायतको उपस्थिति रहेको थियो । नवनिर्वाचित कमिटीका सदस्यहरुलाई नेकपाका केन्द्रिय सदस्य नरवहादुर विष्टले सपथ खुवाएका थिए ।