दुर्घटनामा परि तीनको मृत्यु, १५ घाइते

सुर्खेत ।
शुक्रबार सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वीरेन्द्रनगर-३ तातोपानीका ५७ वर्षीया थिरबहादुर सुनार, बर्दिया मधुवन नगरपालिका-६ सानाेश्री बस्नेे २९ बर्षका नामबहादुर बडुवाल र उनका श्रीमती कमला बडुवाल रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई ओमप्रकाश कुर्मीले जानकारी दिए ।

यस्तै  घाइते हुनेहरुमा वीरेन्द्रनगर–८ खजुरा बस्ने मंगली गुरुङ, सोही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका–१० का लक्ष्मी योगी, अविशेषक योगी, वीरेन्द्रनगर–३ तातापानी बस्ने मोहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर–११ सुब्बाकुनाका देवीप्रसाद भट्टराइ र धुलियाविटका चन्द्रकली सिङ्गौली, बाँके नौबस्ताका कर्णबहादुर बोगटी, लक्षमी बोगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का लक्ष्मी रावत र नारयण नगरपालिका–४ का दिलबहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए ।