टाटा मोटर्सको ग्लोबल सर्भीस क्याम्प सुर्खेतमा पनी सुरु


सुर्खेत, १९ मंसिर ।
टाटा मोटर्सको ग्लोबल सर्भीस क्याम्पको चौथो संस्करण सुर्खेतको वीरेन्द्रनगरमा पनी विहिवारदेखी सुरु भएको छ । सिप्रदी ट्रेडिङ्ग प्रालीले विश्व लगाएत नेपालका ५३ वटै शाखाहरुबाट सर्भीस क्याम्प सुरु गरेको हो । विहिवार सुर्खेतको वीरेन्द्रनगरमा ११ मा रहेको सिप्रदीको शाखाले पनी एक कार्यक्रमको आयोजना गरि सर्भीस क्याम्पको उद्घाटन गरेको हो । तिन दिन सम्म संचालन हुने सर्भीस क्याम्पमा, निशुल्क सर्भिस चार्ज, प्रत्येक गाडिमा आकर्षक उपहार, चालकहरुका लागी सडक सुरक्षा ट्र«ाफीक नियम तथा विभिन्न जानकारी मुलक कार्यक्रमहरु लगाएत अन्य आर्कषक कार्यक्रमहरु समेत रहेको सिप्रदी ट्रेडिङ्ग प्राली शाखा सुर्खेतका प्रमुख अंसुमान पट्टेलले जानकारि दिए ।

सर्भिस क्याम्प अवधीभर सुर्खेतमा मात्रै २ सय भन्दा बढी गाडीहरु मर्मत गर्ने योजना रहेको पट्टेलले बताए । हाल कर्णाली प्रदेशमा मात्रै करिव ३ सय पचास भन्दा बढि टाटा मोर्टसको गाडिहरु रहेको सिप्रदी ट्रेडिङ्ग प्राली शाखा सुर्खेतका प्रमुख अंसुमान पट्टेलले बताए । सर्भीस क्याम्पको उद्घाटन काक्रेविहार यातायात प्रालीका अध्यक्ष रमेश सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो भने कार्यक्रममा अन्य यातायात प्रालीका पदाधिकारी तथा समाजसेवी देवेन्द्र रिजालको उपस्थीती समेत रहेको थियो ।