सिम्ताको समृद्धिका आधारहरु

गगन सिंह ठकुरि ।
राज्यको पुनः संरचनासँगै सुर्खेत जिल्लालाई ९ वटा स्थानीय तहमा विभाजन गरियो । जस मध्ये सिम्ता गाउँपालिका एक हो । सिम्ता गाउँपालिका साविकका आठ वटा गाविसहरु मिलेर बनेका छ । यसको आफ्नै मौलिकता, परम्परा, सँस्कृति र सम्पदा रहेको छ । राजनीतिक चेतना स्तरमा अरु भन्दा अगाडि देखिने सिम्ता गाउँपालिका विकास निमार्णमा पछिडी परेका देखिन्छ । संघीय संरचनासँगै स्थानीय सरकारको गठन भई सञ्चालनमा आएको छ र स्थानीय सरकारको मूख्य नाराको रुपमा समृद्ध सिम्ता, खुसी सिम्ताली भनेर अगाडि सारेका छ । समृद्ध सिम्ता निमार्ण गर्नको लागि केही न केही सिम्तालीले गर्नै पर्ने देखिन्छ । परम्परागत कृषि पेशामा आवद्ध अत्याधिक जनसंख्याको प्रमुख आय स्रोत भनेको वैदेशिक रोजगार हो ।
प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गरी स्थानीय स्तरमा रोजगारको वातावरण सिर्जना गर्न नसक्दा आज सिम्ताबाट हजाराँै युवा विदेश पलायन भएका छन् । यसले गर्दा सामाजिक रुपमा समाजमा विकृति पढ्ने गरेका पाईन्छ । समद्ध सिम्ता निमार्णको लागि कही गर्नै पर्ने कामहरु निम्नानुसार उल्लेख गरिएको छ ।

(१) वडाको पुर्नसंरचना 
हाल सिम्ता गाउँपालिका ९ वटा वडाहरु मिलेर बनेको छ । जसको सहज पहुँच वैज्ञानिक ढंगले हुन सकेको छैन । पुरानो गाविसलाई आधार मानेर विभाजन गरेको वडामा संघियताको महसुस हुन सकेको छैन । खोलाका छेउछाउमा रहेको बस्ति विकासले गर्दा पनि सेवा प्रवाहमा कठिनाई देखिन्छ । पुरानो संरचना अनुसार डाँडामा केन्द्रित भएको पाईन्छ । जसको लागि अहिलेको वडा न. १ को लुकुई, सुन्तोला, घोरेटा र ३ को झ्यामा, वडासिमा, काँक्रेतरा र ठारलाई वडा न.१, अहिलेको गान्द्रा र चिङगाडको रहकुल लगायतलाई वडा न.२, नाहागाँउ र काफलकोटलाई वडा न. ३, दुपार्ला, सिर्पा तिमिल्सेनी, खारौल, आग्रीगाँउ, लापुलाई वडा न. ४, सिमलगाँउ, पिल्क, नाड र गजौडालाई वडा न. ५, राकमलाई वडा न. ६, रिठाबोट लगायत काप्रिचौर वडा न. ७, वैंसपानी, डोब्का वडा न. ८, खेल्नेचौर, चोल्पा, माल्पा वडा न. ९, काँडासिम्ता, पसननाउँला, दुनी खान्मा वाहेक वडा न. १०, खान्मा, बजेडा, सिमा, बजेडा आली, आरुडाँडा वडा न. ११, साहुखोला, सिमल्या आली, पाखापानी, पानीखोला वडा न.१२ गरि पुर्नसंरचना गर्न सकियो भने वडामा सेवा प्रवाहमा सहज हुने देखिन्छ ।

(२) आधुनिक कृषि तथा पशुपालन व्यवसाय सञ्चालन 
सिम्ताको भूगोल सुहाउँदो उच्च तहहरुमा फलफुल जस्तो सुन्तोल, ओखर, कागती, आरुओखडा जस्ता फलफुल पकेट क्षेत्र निमार्ण गरी तयार गराउनु पर्दछ भने जडिबुटी टिमुर, सिस्नो, रक्तचन्दन, अलैंची जस्ता नगदे बालिको पनि व्यवसायिक खेती गर्न सरकार द्वारा योजना कार्यन्वयन गर्न लगाउन सकिन्छ । त्यस्तै मध्यपहाडी भागमा सोही अनुसारको फलफुल र सिचाई उपलब्ध हुने तल्लो तल्लो भागमा व्यवसायिक तरकारी तथा केरा खेती गर्न सकिन्छ भने उन्नत जातको पशुपालन समेत एकिकृत प्रणालीमा गर्न सकिन्छ र सामुदायिक वनहरुमा फलफुल खेतीको विकार गर्न सके दोहोरो आम्दानी लिन सकिन्छ ।

(३) पर्यटनको लागि पूर्वाधार निमार्ण 
सिम्ता क्षेत्रमा प्राकृतिक वरदान खासै देखिदैन तसर्थ पर्यटनको लागि विभिन्न पूर्वाधार निमार्ण गर्न आवश्यक छ । सिम्तालाई २ कलस्टरमा विभाजन गरी पर्यटन पथको तयार गरिनु पर्दछ । राकम जामुने बजारदेखि चोल्पा, भोटेचुली हुँदै दुनी आली र गोजीलाई एउटा कलस्टर जसमा चोल्पातिर फलफुल बचैंचा आकर्षण , गुमीचुली भ्यू टावर, दुनी होमस्टे तथा कृषि संग्राहलय निमार्ण गरी पर्यटक आकर्षण गरिनु पर्दछ । राकम भेरी नदीलाई तट लगाई आकर्षक तालको विकास गरी डुङ्गा सयर गर्न सकिन्छ । त्यसतै गोजी, कोटको थुम्को, राजकाँडा, देउली, बाँखर्कलाई दोस्रो कलस्टरको रुपमा राखेर सडक स्तरउन्ती गरी कोटको थुम्कोलाई विकास गरी राजकाँडा दरबार पुरानै शैलीमा विकास गरी सहिद स्मारकका साथै सँस्कृति संग्रहालय निमार्ण गरी लापु र लुकुईमा होमस्टे बनाई भेरी नदीमा ¥यापटिङ्ग द्वारा राकमसम्म आउने गराउन सकियो भने एक हप्तासम्म पर्यटक सिम्ता बस्न सक्छन् । पुराना कला, सँस्कृतिलाई होमस्टेमा पर्दशन गर्ने गरी व्यावसायिक बनाउन सकिन्छ ।

(४) शिक्षा तथा खेलकुद 
सिम्ता गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको स्तरबृद्धि गरी गुणस्तर कायम राख्नको लागि प्रा.वि. तहदेखि नै अंग्रेजी भाषाको माध्यमद्वारा पठनपाठन गर्ने र माध्यामिक तहमा एक वडा एक प्राविधिक कार्यक्रम सञ्चालन गरी बहुमुखी क्याम्पसलाई बहुमुखी संकायका साथै प्राविधिक विषयको अनुमती ल्याई सञ्चालन गर्न सकियो र कम्तिमा २ वटा आवासीय मा.वि. निमार्ण गरी शिक्षालाई पहिलो प्राथमिकता दिन सकेको खण्डमा सभ्य समाज निमार्णमा टेवा पुग्दछ र स्थानीय सरकारले कम्तिमा वर्षमा ३ जनालाई उच्च शिक्षाको लागि बाहिर पठाउने प्रवधान गरे दक्षजनशक्ति उत्पादनमा टेवा पु¥याउने छ । जस्तो डाक्टर, इन्जिनियर, पाईलटको छात्रवृत्तिमा पठाउने सम्झौता गरिनु पर्दछ र उत्पादित जनशक्तिले कम्तिमा ५ वर्षसम्म राज्यको सेवा निशुल्क गर्नुपर्दछ ।
सबै वडामा एक–एक वडा खेल मैदानको निमार्ण गरी गाउँपालिकामा एक प्रदेश स्तरको बहुउद्देश्यीय रंगशाला निमार्ण गर्न सके खण्डमा खेलकुदमा सहयोग पु¥याउदछ र एक स्वायत्त खेलकुद समिति बनाई स्थानीय खेलाडीहरुको सिप अभिबृद्धि लागि गर्नुपर्दछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा सहभागी खेलाडीलाई प्रोत्साहन गर्न र उपचारको लागि खेलकुद अक्षय कोष निमार्ण गर्न सकिन्छ ।

(५) औद्योगिक विकास 
स्थानीय स्रोत साधनलाई प्रयोग गरी घरेलु तथा साना उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सकिन्छ । जस्तो सिस्नो प्रशोधन, कागज उत्पादन, पानि प्रशोधन, काष्ट उद्योग, साबुन उत्पादन, धागो उत्पादन, अल्लो प्रसोधन जस्ता साना तथा घरेलु उद्योग सञ्चालनको लागि राज्यद्वारा उक्त क्षेत्र तथा व्यावसायिक लगानीमा प्रोत्साहन गरीनु पर्दछ । यसलाई निजी, सामुदायिक र सरकारी साझेदारीमा अगाडी बढाउने योजना तयार गरिनु पर्दछ । खेर जाने काठको सहज प्रयोग नीति र व्यवसाय दर्ता स्थानीय सरकार कै तवरबाट अगाडी बढाउने र निःशुल्क व्यवसाय दर्ता गर्न सघाउँ पु¥याउनु पर्दछ । खानी तथा खनिज पदार्थको सम्भावयता अध्ययन गरी सम्बन्धित विभागसँग उत्खननको लागि पहल गर्न सकेको सन्दर्भमा सिम्तामा तामा तथा फलाम खानी भएको सम्भावना देखिन्छ ।
समग्र सिम्ता समृद्धिको लागि प्रमुख त शिक्षा, स्वास्थ्य, यातायत, विद्युत, खाने पानि र सिँचाईको विकास हुन आवश्यक छ । विश्व कुनै पनि मुलुक त्यतिकै परिवर्तन तथा विकास भएको छैन । कुनै न कुनै पुस्ताले आवश्यकता भन्दा बढि मेहनत गरी भावी पस्ता सहितलाई पुग्ने आधार निमार्ण गरेका पाईन्छ । जबसम्म नागरिक स्तरमा श्रम गर्ने सोचको विकास र श्रमको सम्मान हुँदैन तब सम्म विकासको सम्भावनाको विकासको ढोका खुल्दैन । नेपाली जनताहरु मुलुकको राजनीतिक परिवर्तनको लागि थुप्रै संघर्षहरुको मैदानमा होमिएर सफलता प्राप्त गरेका छन् तर विकास निमार्णको महाअभियानमा प्रत्येक नागरिकले कर्तव्य कतै न कतै केही न केही बेला आएको छ । समृद्ध बोल्दा र सुन्दा जति सजिलो छ त्यो देख्न कठिन छ । समृद्धि आफै आउने हैन राज्यको योजनालााई नागरिकले पसिना साट्न सकेको खण्डमा विकास सम्भव छ । समृद्धि बाहिरी सजावट मात्र नभई मानिसको दैनिक जीवनस्तर, पारिवारिक शान्ति, मेलमिलाप र व्यक्तिको खुसीसँग जोडिएको छ । तसर्थ पछिल्लो पुस्ता खुसी बनाउन यो पुस्ताले केही गर्नै पर्दछ । आजको हाम्रो प्रयासले शताब्दी पछि हाम्रा समृद्धिका परिकल्पना पुरा हुने गर्दछन् । समाज विकासक्रमसँगै हाम्रो पौरख प्रकृतिको लागि र राज्यको लागि गर्न सकिएको खण्डमा राज्य परिवर्तन हुने गर्दछ ।
अन्त्यमा हामीले परिकल्पना गरेको सिम्ता हाम्रै पालामा देख्नको लागि प्रत्येक सिम्तालीले आत्मनिर्भर हुन र व्यवसायिक हुन अति आवश्यक छ भने वातावरण तयार गर्न र नीतिगत सहजता अपनाउँन राज्यका लागि गर्नु पर्ने हुन्छ अनि मात्र समृद्धि छ । हाम्रै पालामा नत्र हाम्रा नारा नारामै सिमित हुनसक्छन् ।

लेखक ः युवा गैरसरकारि संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष हुन ।