पहिरोका कारण छिन्चु जाजरकोट सडक अवरुद्ध


सुर्खेत, २७ मंसिर । सिम्ता गाउँपालिका वडा नम्वर १ बाँखर्क र रोगारया विचमा पर्ने मुलागल्पा भन्ने स्थानमा पहिरो पहिरो जाँदा ऋषि राजमार्ग अनतरगत छिन्चु जाजरकोट सडक अवरुद्ध भएको छ ।
शुक्रवार विहान देखी परेको वर्षाका कारण पहिरो जाँदा दल बहादुर परियारको घर समेत जोखिममा परेको छ ।
अहिले उक्त स्थानमा गएको पहिरो हटाउन सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी सहितको गाउपालिको टिम स्थलगत लागी परेको सिम्ता गाउँपालिकाका स्थानिय चन्द्र बहादुर शाहीले बताए ।
साथै इप्रका राकमको टिम उद्धारको लागि उक्त ठाउँमा पुगेको उनले बताए ।