जेष्ठ नागरिकलाई बल्याङकेट


सुर्खेत, २७ मंसिर । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ का २ सय जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि वडा नम्वर पाँचको कार्यालयले सम्मान गरेको हो । ७० वर्ष उमेर पुगेका १ सय ४० र ६० वर्ष ६१ जना दलित जेष्ठ नागरिकहरुलाई चिसो मौसम सुरु र्भ संगै न्यानो कपडा वितरण गरिएको वडा नम्वर पाँचका वडा सचिव दिनेश सापकोटाले बताए । जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक एउक थान बल्याङकेट वितरण गरिएको सापकोटाले बताए ।


सम्मान कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राज बहादुर गुरुङ्गले जेष्ठ नागरिकहरुका लागीआगामी वर्ष पनी विषेश कार्यक्रम संचालन गर्ने बताए ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान कदर गर्न र उनीहरुको मनोबल उच्च राख्न सम्मान गरिएको वडा अध्यक्ष गुरुङ्गले बताए । कार्यक्रममा स्थानिय बुद्धीजिवी वडा सदस्य लगाएतको उपस्थीती रहेको थियो ।