बार्षीक उत्सवमा मन्दीर सरसफाई


सुर्खेत, २८ मंसिर । प्रभु लाईफ ईन्स्योरेन्सको ३ औँ वार्षीक उत्सवको अवसरमा कर्णाली प्रदेश कार्यालय सुर्खेतले देउती बज्य मन्दीर सरसफाई गरेको छ ।
स्थापना कालको छोटो समयमै ख्याती कमाउन सफल यस कम्पनीको ३ औँ वर्ष गाँठको अगवसरमा मन्दीर सरसफाई गरिएको हो ।

मन्दीर आसपासमा रहेको झाडी र थुप्रिएको फोहोर हटाइएको कर्णाली प्रदेश शाखा कार्यालय सुर्खेतमा रहेका शाखा प्रमुख रमेश नेपालीले जानकारी दिए । उनका अनुसार पानीका बोतल, अगरबतीका खोलहरु र फोहोर पनि हटाइएको छ ।
मन्दिरको यस्तो अवस्थामा सुधार ल्याउन पहल आफैंले गर्नुपर्ने भन्दै मन्दीर सरसफाईमा आफुहरु सहभागी भएको नेपालीको भनाई रहेको छ ।
उनले सुर्खेतको गरिमा र पहिचानसँग जोडिएको पबित्र स्थल देउती बज्यै मन्दीरमा विभिन्न क्षेत्रबाट पर्यटन आउने भएकाले फोहोर ब्यवस्थापन गर्न सरसफाइ गरिएको पनि बताए ।उनले एक दिन सरसफाइ गरेर पुरै टोल नगर सरसफाइ नहुने बताउदै सबैले आ–आफ्नो ठाँउबाट सरसफाइ गर्न पनि आग्रह गरे ।
कर्णाली प्रदेश शाखा कार्यालयमा रहेका शाखा प्रमुख रमेश नेपालीको संयोजकत्वमा कम्पनीका कर्मचरिहरु लगाएतले सरसफाई गरेका थिए ।