प्रहरीकै परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत, २८ मंसिर । प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तका अनुसार श्रीकृष्ण संस्कृत तथा साधारण मावि परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माविबाट दुई जना र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
एसपी पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु गरिएको छ। ‘प्रारम्भीक अनुसन्धानपछि मुद्धा प्रक्रिया सुरु गछौं,’ एसपी पन्तले भने ।