संघले ब्यावसायिक सम्भावनानालार्ई उजागर गर्नुपर्छ : सांसद विष्ट

सुर्खेत ।

उधोग बाणिज्य संघ भेरीले सुर्खेतको पूर्वी क्षेत्रको ब्यावसायिक सम्भावनानालार्ई उजागर गर्नुपर्ने कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर बिष्टले बताएका छन । शनिबार भेरीगङ्गा नगरपालिका स्थित छिन्छु बजारमा उधोग बाणिज्य संघ भेरीको चौथो साधारण सभामा बोल्दै बिष्टले यस्तो बताएका हुन ।


पुर्वी सुर्खेतको व्यवसायिक सम्भावनाहरुको खोजी गरि यहाको ब्यावसायलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । सान्सद बिष्टले यस क्षेत्रका उपभोक्तालाई खाद्यमा गुणस्तर सेवा दिन संघले भुमिका खेल्नुपर्ने बताए ।

सरकारको नीति नियम सङ्गै  संघ पनि हिड्नु पर्ने भन्दै सरकारको नीति एकातिर व्यावसायिहरु अर्कोतिर नहुनुपर्ने बताउदै उनले यस क्षेत्रको स्थानीय उत्पादन, स्थानीय सामग्री, जडुबुडी पर्यटन जस्ता कुराहरुलाइ प्रचार–प्रसार र प्रवर्द्धन गर्न सुझाव दिए ।

यस्तै, कार्यक्रममा उधोग बाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहिले चौथो साधारण सभाको अवसरमा शुभकामना दिए । उनले उद्योग बाणिज्य संघ भेरीले छोटै समयमा पनि राम्रो काम गरेको भन्दै खुसी व्यक्त गरे । सरकारले निजि क्षेत्रलाइ खासै महत्व नदिएको भन्दै असन्तुष्टि पोखे ।

कार्यक्रममा उधोग बाणिज्य सङ्ग सुर्खेतका अध्यक्ष धनबहादुर रावतले सबै व्यवसायिहरु एकढिक्का हुनुपर्ने बताए । उनले यहाँको सम्भावनालाइ टेवा पुर्याउन उधोग बाणिज्य संघ सुर्खेत ले सधै सहकार्य गर्ने बताए । कार्यक्रममा सुर्खेत उधोग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेल लगायतकोको सहभागिता रहेको थियो ।