उद्योग बाणिज्य संघ भेरीको अध्यक्षमा ढकाल


सुर्खेत ।
जिल्लाको पुर्बी क्षेत्रमा रहेको उद्योग बाणिज्य संघ भेरी सुर्खेतको शनिबार चौथो साधारण सभा सम्पन्न भए संगै नयाँ कार्य समिती चयन गरिएको छ ।
सोमराज ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । जसको, बरिष्ठ उपाध्यक्षमा जय बहादुर डाङ्गी, महिला उपाध्यक्षमा पबित्रा खड्का, उद्योग उपाध्यक्षमा चिरञ्जीवी पाण्डे, बाणिज्य उपाध्यक्षमा बिश्नुनाथ योगि, सचिबमा धर्मराज खड्का, महासचिवमा पुर्ण बहादुर खत्री र कोषाध्यक्षमा महेन्द्र प्रशाद जैसी रहेका छन ।

यस्तै सदस्यहरुस गणेश सुनार, माधब प्रशाद आचार्य, सन्तोष कुमार नेपाली, राम बहादुर वली, दिपक वली, इन्द्र बहादुर केसी, तेज बहादुर पौडेल, धनमाया बुढाथोकी, पठे वलि, छबिलाल गोलाङ्ग, माबी प्रशाद चपाई, नर बहादुर सुनार र मेनुका सोनी नयाँ चयन भएका छन ।