दाङ्गको हर्षेडाडाँमा माघी मेला सञ्चालन गरिदैँ


दाङ्ग ।
दाङ्ग देउखुरीको धार्मिक तथा पर्यटकीय स्थल राप्ती गाउँपालिका २ हर्षेडाँडामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।
कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि माघी मेला सञ्चालन गर्न लागीएको आयोजक समितीका अध्यक्ष भिमकान्त भुषालले जानकारी दिए ।
पुस २९ गते देखि माघ २ गते सम्म मेला सञ्चालन हुने कार्यक्रममा गायक भुपु पाण्डे, विक्रम राना, सरिता कार्की, गायक मोडेल तथा उद्घोषक विजय पुन र डान्सर आरुषी मगर लगायतका कलाकारका साथमा स्थानीय मगर,थारु साँस्कृतिक प्रस्तुती रहने भुषालले बताए ।
त्यसै गरी माघ १ गते विहान ११ बजे देखि खुल्ला नृत्य तथा अन्य प्रतिभाहरु प्रस्तुत गरिने आयोजकले बताएको छ ।
मेलामा १ सय ५० स्टल रहने, ५० हजार दर्शकले अवलोकन गर्ने र करिव ६० हजार आम्दानी लिने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ ।
मेलामा मन्दिर दर्शन,रमणीय वन जंगल अवलोकन,पिकनिक स्पोट,बच्चाका खेलौना, विभिन्न खेल, गाडी पार्किङ र बिजुली बत्तीको राम्रो व्यवस्था गरिने आयोजकले बताएको छ ।
लालमटिया बजार देखि करिब १ किलोमिटर उत्तर तर्फ अवस्थीत उक्त धार्मिक तथा पर्यटकीय स्थल हर्षेडाँडामा परापूर्वकाल देखि मेला लाग्दै आएको छ ।