पाँचौ राष्ट्रिय योग दिवस भेरीगंगामा सम्पन्न

सिपी कार्की ।
सुर्खेत ।
पाँचौ राष्ट्रिय योग दिवस भेरीगंगा नगपालिकामा बुधबार  एक औपचारिक कार्यक्रमकाे अायाेजना  गरी भव्यताका साथ सम्पन्न  गिरएको छ ।
भेरीगंगा नगरपालिका अन्र्तगत मैनतडा आयुर्वेद औषधालय जहरे सुर्खेतको आयोजनामा जहरे बजारमा  कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमको प्रमुख अतिथि एवं कर्णाली प्रदेश सभा सदस्य समेत रहनुभएकी सांसद अमृता शाहीले योग जीवनका लागी अपरीहार्य भएकोले यो सवैले सँँधै गर्नुपर्ने बताउदै योग स्वास्थ्यको लागी अपरीहार्य रहेको बताउनु भयो ।

यस्तै कार्यक्रमका अथिती एवं भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र वहादुर चन्दले योगले स्थानीय स्तरमै विभिन्न खालका नसर्ने रोग बाट मुक्ती दिन सक्ने भएको हुँदा अनावश्यक उपचारको फजुल खर्चबाट बच्न सकिने, गोग सिकीसकेपछि घरमै वसिवसी रोगको उपचार गर्न सकिने बताउदै उहाँले भन्नु भयो,‘ योग सुलभ उपचार विधि भएकोले योग गाउँगाउँमा सञ्चालन गर्न आवश्यक छ ।’

मैनतडा आयुर्वेद औषधालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राना को अध्यक्षाता सम्पन्न भएको कार्यक्रममा भेरिगंंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पदम वहादुर खत्री, ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय छिन्चुुका प्रमुुख ब्रह्माकुमारी आरती रेग्मी, नगरकार्यपालिकाका वडा सदस्यहरु, राजनैतिक दलका प्रतिनिधीहरु, विद्यालयका प्रतिनीधिहरु, संघ संंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

जहरे बजार मुख्य चोकबाट निस्किएको ¥याली साझा खाजा घर एण्ड कटेजको सभाहलमा पुगी विभिन्न योगासन तथा प्राणायामहरु गरी योेग दिवस मनाइएको हो ।


सम्पन्न कार्यक्रमको सञ्चालन भने औषधालयका प्रमुख तथा भेरीगंगा नगरपालिकाका आयुर्वेद शाखा प्रमुख छविलाल खड्काले गर्नुभएको थियो ।