एकीकृत शत्रु जीव व्यवस्थापन र यसको आवश्यकता


लोचन सापकोटा
साधारण भाषामा आई.पि.एम्. भन्नाले विषादि प्रयोग नगरिकन वा गर्न परेमा पनि कमभन्दा कम विषादि प्रयोग गरि वातावरण संरक्षण र मित्रजीव संरक्षण गरि, बालिलाई हानि पु¥याउने शत्रुजीवको व्यवस्थापनमा धेरै विधीहरु एकैसाथ अपनाउदै बालिमा लाग्ने रोग तथा कीराहरुको नियन्त्रण गर्नुलाई एकीकृत शत्रु जीव व्यवस्थापन (आई.पि.एम) भनिन्छ ।
खासगरि दोस्रो विश्वयुद पछि विषादिको जथाभावी प्रयोगले मानिसको स्वास्थ्य, उत्पादित खाद्यवस्तुका साथै बालिका मित्रुजीव, पशुपन्छि, वातावरण र माटोको उर्वराशक्तिमा असर पर्र्दैै गएपछि यसको समाधानको लागि आई.पि.एम आएको हो । यसलाई वातावरणीय दृष्टिकोणले दिगो र स्वास्थ्यका दृीष्टकोणले कम हानिकारक विधि मानिएको छ । आई.पि.एम ले आर्थिक रुपले न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणबाट दिगो हुने विधिहरुको छनोट गरी बाली उत्पादनमा आइपर्ने विभिन्न जैविक अजैविक समस्याको व्यवस्थापन गर्ने तरिकालाई अवलम्बन गर्छ । प्रकृतिमा शत्रुजीव र मित्रु जीव दुवै पाइन्छन् । आई.पि.एम को सफलताको लागि यिनीहरुलाई चिन्नु र जान्नु अति जरुरी हुन्छ ।

  आई.पि.एम्.का चार सिद्वान्तहरु

१.स्वस्थ बाली उत्पादन गर्नु ।
स्वस्थ बालि उत्पादनका लागि निम्न कार्यहरु गर्नुपर्दछ ।
उपयुक्त बीउको छनोट गर्ने,
 उन्नत प्रविधिहरुको प्रयोग गर्ने,
स्वस्थ बेर्ना उत्पादन गर्ने,
समयमा बेर्ना सार्ने (धेरै ठुलो र सानो बेर्नो नसार्ने),
समयमा सिंचाई, खनजोत र गोडमेल गर्ने,
मलखाद व्यवस्थापन गर्ने,
उपयुक्त तरिकाबाट रोग कीरा व्यवस्थापन गर्ने,
सकेसम्म रासायनिक विषादिको प्रयोग नगर्ने वा कम गर्ने,
(रोग कीरा व्यवस्थापन लगायतका माथिका कार्य कृषक स्वयंले गर्न सक्नेछन् ।)

२. बालिनालिको नियमित निरीक्षण र अनुगमन गर्नु
आºनो खेत बारी र सो मा लगाइएका बालीलाई, बाली हेरि हप्तामा कम्तिमा २ पटक नियमित निरीक्षण गर्ने । निरीक्षण गर्दा विगतको भन्दा के(के फरक पक्षहरु देखापरे, बालिको अवस्था कस्तो रह्यो, शत्रुजीव(मित्र जीवहरुको संख्यामा कस्तो परिवर्तन आयो आदि पक्षमा पर्याप्त रुपमा अनुगमन निरीक्षण गरेपछि मात्र कस्तो ब्यवस्थापन प्रविधि अपनाउने भन्ने निर्णय लिन सकिन्छ ।
३.मित्रजीवको संरक्षण गर्नु
आºनो खेतबारिमा शत्रुजीवहरुलाई नोक्सान गर्ने जीवहरुको पहिचान गरि तिनिहरुको संरक्षण गर्नु पनि आइ.पी.एम. को एक ंमहत्वपुर्ण सिद्वान्त हो । यस अन्तर्गत १(२ वटा शत्रुजीव खेतबारिमा देखिदैमा विषादि नछर्ने, यदि छर्नैपर्ने अवस्था हो भने मित्र जीवहरु निरीक्षण गरि तिनीहरुलाई असर नगर्ने खालका विषादिहरु छर्ने गर्नुपर्दछ ।
४.कृषक स्वयंलाई दक्ष बनाउनु
आइ.पी.एम. को एक ंमहत्वपुर्ण सिद्वान्त कृषक स्वयंलाई दक्ष बनाउनु अर्थात आºनो बालिनालिको बारेमा स्वयंले अनुगमन निरिक्षण गरि उपयुक्त ब्यवस्थापनको निणर्य लिदै जादॉ कृषक स्वयं दक्ष बन्ने हुन्छन् । जसले गर्दा सानो कुराको लागि पनि प्राविधिकहरुको मुख ताकि रहनु पर्दैन । आफ्नो खेतको सबभन्दा बढि रेखदेख गर्ने पनि कृषक स्वयं हुने भएकोले आफैले अनुगमन गरि ब्यवस्थापन गर्दा बढि प्रभावकारि हुन्छ । त्यसैले कृषक स्वयंलाई दक्ष बनाउन सकियो भने मात्र आई.पी.एम. को समयोचित सफल कार्यान्वयन हुन्छ ।
बालि बिरुवाहरुमा क्षति गर्ने रोग(किराहरुबाट अथवा बालि बिरुवाका शत्रुजीवहरुबाट बालिलाई जोगाई सुरक्षित रुपमा बालिको उत्पादन लिनु नै बालि संरक्षण हो । यसरि बालिका शत्रु जीवहरुबाट बालिलाई जोगाउन एकिकृत रुपमा प्रयोग गरिएमा वातावरण र मानव स्वास्थ्यका लागि उपयुक्त हुने हुनाले बालि संरक्षणमा आई.पी.एम. पद्वति महत्वपुर्ण मानिन्छ । यस पद्वतिले आर्थिक लाभ पुग्ने, वातावरण कुप्रभाव नपर्ने र सामाजिक मान्यताहरुलाई नखल्बल्याउने किसिमका प्रविधिहरुको छनोट गरि छुट्टाछुट्टै वा एकैपटक एकीकृत रुपमा उपयोग गरिन्छ ।

एकीकृत शत्रु जीव व्यवस्थापन निम्न तरिकाहरु प्रयोग गरी गर्न सकिन्छ ।

१)खेति प्रणाली
खेति प्रणालिमा केहि फेरबदल गरेर पनि रोग कीराको ब्यवस्थापनको गर्न सकिन्छ । यसरि खेति प्रणलिमा सुधार गर्दा बालि चक्र, माटो, स्थानिय पर्यावरणमा प्रतिकूल असर नपर्ने गरि गर्नु पर्दछ । बजारको माग अनुसार क्रमबद्व रुपमा एकपछि अर्को बालि लगाउँदा खेति प्रणालिमा आधुनिकता आउँछ ।
बालि चक्र अपनाएर,
 उपयुक्त जातको बीउ प्रयोग गरेर,
 लगाउने समयको हेरफेर गरेर,
 बाली लगाउने दुरीमा हेरबदल,
 खेतबारीको सरसफाई गरेर,

२.भैतिक तरिका
यस तरिका बाट कीरा नियन्त्रणका लागि निम्न विधि अपनाउन सकिन्छ ।
जालिबाट किरा पक्रेर,
बत्तीको फन्दामा पारेर,
कीरालाई हातले टिपेर,
आकर्षक पदार्थमा आकर्षित गरेर, आदि
मोहिनी पासोको प्रयोग गरि पनि कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

(बजारमा पाइने केहि मोहिनी पासोहरु)

ल्युर
स्पोडोल्युर
हेलील्युर
पेकिटनोफोरा ल्युर
काईलोल्युर
क्युल्युर
डोरालिसल्युर

आकर्षण हुने कीरा
सूर्ती पात खाने झुसिल किरा
चनाको फलको गभारा
कपासको गभारो
उखुको गभारो
फल कुहाउने औसा
आपको झिगा

३.जैविक तरिका (मित्रुजीबहरुको संरक्षण गरेर)
परजीवी कीराहरु वा शिकारी कीराको प्रयोग र जीवित वस्तुहरुबाट तयार गरिएको विषादी प्रयोग गरि हानिकारक कीराको संख्यालाई कम गराउने विधिलाई जैविक तरिका भनिन्छ । कतिपय कीराहरु जस्तैः लेडीज बिटलहरु, गाइने कीराहरु, मेन्टिस, आदिले अन्य कीराहरुलाई खान्छन् । यस्ता कीराको संरक्षण गर्नुपर्दछ । साथै टाइकोडरमा भिरिडी, बिटि, एन.पि.भि. जस्ता जीवित वस्तुहरुबाट तयार गरीएका विषादि वा उपयोगि जीवहरु पनि हानिकारक कीराहरु तथा जीवहरु मार्न प्रयोग गरिन्छ ।
४.कानूनी तरिका
सरकारले नियम कानून बनाई कानूनी तरिकाबाट पनि शत्रुजीवको एक देशबाट अर्को देश र एक क्षेत्रबाट अर्को क्षेत्रमा प्रवेश र फैलावटलाई रोकथाम गर्ने गर्दछ । बाहिरी देशबाट रोग र किरा भएका खाध्यान, बोटविरुवा, बीउीबजन आदिलाई आयात गर्न कानुनी रुपम निषेध गर्ने गरिन्छ । यसरि निषेध गर्नको लागि सीमामा रहेका प्लान्ट क्वारेन्टाइन चेकपोष्ट जाँच गर्दछन् । यसरि पनि हानिकारक कीरा तथा रोगहरुको रोकथाम गरिन्छ ।
५.वानस्पतिक विधिबाट रोकथाम
नेपालमा पाइने विभिन्न किसिमका वनस्पतिहरुलाई प्रयोग गरेर पनि रोग र किरा रोकथाम गर्न सकिन्छ । जस्तो कि नीम, टिम्मुर, बोझो, तितेपाति, सुर्ती, बकाइनो, पुदिना आदिको प्रयोग गरेर अन्न भण्डारणमा लाग्ने रोग र किरा अथवा अन्य रोग र किरा नियन्त्रण गर्ने सकिन्छ ।
६.रासायनिक विधि
वालि संरक्षण गर्नको लागि रासायनिक तरिका पनि अपनाउन सकिन्छ । रासायनिक विषादि प्रयोग गर्दा सिफारिस गरिए अनुसार प्रयोग गर्नु पर्छ, अरु विधिबाट कीरा र रोग नियन्त्रण हुन नसकेमा मात्र रासायनिक तरिका अपनाउनु पर्छ । विषादि प्रयोग नै गर्नुपरेमा पनि हरियो संकेत भएको सुरक्षित विषादि प्रयोग गर्नुृपर्दछ । जस्तैः ढुसिनासक ( बेभिस्टिन, कीरानाशक )  कि स्टार ।
आई.पी.एम. को आवश्यकता
 खेतिका मित्र जीवहरुको पीहचान गरी संरक्षण गर्ने ।
 कृषि उत्पादनमा मद्दत पु¥याउँन ।
 उत्पादनका खतरालाई घटाउन ।
 वातावरण संरक्षण गर्ने ।
 कीटनाशक विषादिबाट हुने असर कम गर्ने ।
 बालि उत्पादनमा खर्च कम गर्ने ।
 दीगो कृषि विकास गर्ने । आदि

लेखक- वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ घर भई हाल पंजाब टेक्निकल युर्निभरसिटीमा बि.एससि. एजी अध्यनरत विद्यार्थी हुन ।