अन्तरपालिका जोड्ने सडककाे शिलान्यास


सुर्खेत ।
पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकालाइ जोड्ने भेडाबाडी आपगैरा खेल्नेचौर सडकको शिलान्यास गरिएको छ ।

प्रदेश सभा सदस्य ठम्मरबहादुर बिष्टले गुर्भाकोट ११ भलामार बाट सिम्ता गापा ८ डाडाखाली खेल्ने चौर जोड्ने सडकको आज एक कार्यक्रमका बिच उद्द्घाटन गर्नुभएको हो ।


गुर्भाकोट नगरपालिका ११ स्थित भलादमारलाइ ० पोइन्ट मानेर आज शिलान्यास गरिएको हो ।
अबको एक बर्श भित्र उक्त सडक निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ । २ करोड बजेटमा अहिले सडकको ट्र्याक खोल्ने र बहुबर्षिय आयोजना अन्तर्गत उक्त सडकलाइ मर्मत गर्ने सान्सद बिष्टको भनाइ छ ।
शिलान्यास गरेसङ्गै आजैदेखी सडक निर्माणको जिम्मा मिसन कन्ट्रक्सन काठमाडौले जिम्मा लिएको छ । यो सडक निर्माण भएपछी डाडाखालिका स्थानियलाइ सल्यान हुँदै पुन सुर्खेत सिम्ता जानुपर्ने बाध्यता हट्नेछ ।
हालसम्म डाडाखाली खेल्नेचौरका नागरिक मेहेल्कुना सल्लिबजार सल्यान हुँदै सिम्ता गाउँपालिका केन्द्र जामुनेबजार देखि जान बाध्य थिए । त्यस्तै उनीहरु गुर्भाकोटकै गुमि, पातिहाल्न, खानिखोला हुँदै खेल्नेचौर जान बाध्य थिय । यो सडक निर्माण भएपछी उनिहरुलाइ एकदमै छोटो दुरि पर्नेछ । यसैबिच सडकको शिलान्यास गर्दै सान्सद बिष्टले यो सडक तोकिएकै समयमा सम्पन्न हुने बताउनुभयो ।
उहाले अन्तरपालिका जोड्ने उदेश्यका साथ सडक निर्माणका लागि योजना तय गरिएको बताउनुभयो । सडकको अनुगमन गर्न स्थानियहरुको सक्रियतामा सडक सरोकार समिती पनि गठन गरिएको बताउनुभयो ।