१६ सय किलोवाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडियो


दैलेख ।
४.५ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको पदमखोला हाइडोपावर कम्पनीवाट उत्पादन भएको १६ सय किलोवाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।
केही महिना अगाडिसम्म परीक्षण प्रशारणमै रहेको जिल्लाको नौमूले गाउँपालिका ५ स्थित पदमखोला जलविद्युत् आयोजना केन्द्रीय लाइनमा जोडिएको हो ।
वर्षा याममा ४.५ मेगावाट उत्पादन क्षमता हुने भएपनि हाल पानी कम भएका कारण १६ किलोवाट उत्पादन विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ ।
वर्षामा पानीको क्षमता अनुसार ४.५ मेगावाट विद्युत् उत्पादन हुने र अहिले केही महिनाको लागि १६ सय किलोवाट मात्र विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारण लाइनमा जोडिएको कम्पनीका सदस्य कुमार कार्कीले बताए ।
हाइडो हवको रुपमा चिनिँदै अएको नौमूलेमा विद्युत् उत्पादन धममाधम गर्न थालिएको छ । डोल्टीपावर जलविद्युत् आयोजना अन्तरगत सञ्चालित कर्णाली प्रदेशमा अहिलेसम्मकै ठूलो जलविद्युत् उत्पादनका रुपमा हेरिँदै आएको पदमखोला कम्पनीले छोटो समयमै विद्युत् उत्पादन गरी केन्द्रीय लाइनमा जोडिएको हो । झण्डै ८० करोड लागतमा सम्पन्न भएको उक्त जलविद्युत् आयोजनाले निर्धारित समय अगावै काम सम्पन्न गरेको जनाइएको छ । पदमखोला जलविद्युत् आयोजना नौमूले गाउँपालिका ४ कालिकादेखि करिव २ किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याइ ३ सय मिटर उचाइबाट पानी पावर हाउसमा खसाली विद्युत् उत्पादन गरिएको छ ।
काम सुरु भएसंंगै स्थानीयको चलहपहल बढेको छ । शैक्षिक अवलोकनदेखि विदाको समयमा नौमूलेमा रहेका हाइडो अवलोकन गर्नेहरुको चहल पहल बढेको स्थानीय बताउँछन् ।