योग्यता सूची प्रकाशनको कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी

सुर्खेत ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले तय गरेको स्वास्थ्य सम्बन्धी कृयाकलापहरुको कार्य संचालन कार्यबिधी आ.व. २०७६/७७ को अनुसुची-१ मा सामुदायिक नर्स छनौटका आधार तथा प्रवेश पत्रको परिक्षार्थीहरुको लागि तोकिएको शर्त नं. १ मा परिक्षार्थीले परीक्षा दिन आउँदा प्रवेश पत्र ल्याउनु पर्नेछ।

प्रवेशपत्र बिना परिक्षामा बस्न नपाइने भनी उल्लेख गरिएको छ भने छनौट समितीमा लोकसेवा आयोगको प्रतिनिधि समेत राखिएको अवस्था छैन।

तोकिएको शर्त, अंक विधि र मापदण्ड बमोजिम परीक्षा संचालन गरि तोकिएको अंक विधि तथा मापदण्ड बमोजिम प्राप्त गरेको जम्मा अंकलाई प्रकाशित गरि उमेदवारले प्राप्त गरेको जम्मा अंकलाई आधार मानी मेरिट लिस्ट बमोजिम योग्यता सुचि प्रकाशित गर्नु पर्नेमा सो नगरी तोकिएको अंक विधि तथा मापदण्ड विपरित पहुँच र भनसुनको आधारमा विपक्षीहरुको मिलिभगतमा अपारदर्शी रुपमा पक्षपातपुर्ण तरिकाले मिति २०७६/०९/१७ गते उम्मेदवारको छनौट गर्ने निर्णय गरि मिति २०७६/१०/०३ गते योग्यता शुचि प्रकाशित गरि अन्याय गरेकाले न्यायका खातिर सम्मानित उच्च अदालत सुर्खेतमा दिइएको रिट निवेदनलाई मध्यनजर गर्दैै न्यायधिस भानुभक्त शर्मा न्यौपानेको एकल इजलासले उक्त निर्णय २०७६/१०/१३ गते सम्मका लागि कार्यन्वयन नगर्नु नगराउनु भनी विपक्षीको नाममा उच्च अदालत नियमावलि २०७३ को नियम ४२(१) (क) वमोजिम अल्पकालिन अन्तरिम आदेश जारी भएको छ।