दोस्रो कर्णाली एक्स्पो २०७६ सञ्चालन हुने


सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघले दोस्रो कर्णाली एक्स्पो २०७६ सञ्चालन गर्ने भएको छ ।
आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन गर्न लागिएको एक्स्पोमा कर्णाली प्रदेश सरकार भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय एवं उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको सह आयोजना सह आयोजना गर्ने संघले जनाएको छ ।
एक्स्पोको तयारी बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कर्णालीको सास्कृति पहिचान, नेपाल भ्रमण बर्ष २०२० को प्रबद्र्धन गर्न र कर्णालीको कृषि उत्पादनलाई प्राथमिकतामा राखि एक्स्पो सञ्चालन गर्न लागिएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष घनबहादुर रावतले जानकारी दिए ।
हरेक तीन बर्षमा संघले एक्स्पो आयोजना गर्दै आइरहेको भन्दै कर्णालीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन तथा यहाँका कृषि उत्पादनको प्रचार प्रसारमा महोत्सव प्रभावकारी हुने उनले बताए । १२ दिनसम्म सञ्चालन गरिने उक्त एक्स्पोमा करिब पाँच सय व्यवसायिक स्टल राखिने र पाँ करोड बढीको कारोवार हुने उपेक्षा गरिएको संघका अध्यक्ष धनबहादुर रावतले बताए ।
उक्त महोत्सवमा कर्णाली सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न प्रबद्र्धनात्मक िक्रयाकलाप सञ्चालन गर्ने मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिए । सह आयोजक रहेको मन्त्रालयले महोत्सवका ८० वटा अत्याधुनिक स्टलको प्रायोजन गर्ने र ती स्टलहरुमा कर्णालीका १० वटै जिल्लाबाट अर्गानिक कृषि तथा जडिबुटीको प्रबद्र्धन गरिने बताए । महोत्सवमा उत्कृष्ट कृषि उत्पादन र प्रविधी प्रदर्शनी गर्ने संघ संस्था, कृषक समूह व्यक्तिलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।