५ सय भन्दा धेरैले गराए निशुल्क स्वास्थ्य जाँच


सुर्खेत ।
सुर्खेतको लेकबेशी नगरपालिका वडा नम्बर–४ दसरथ पुरमा गरिएको एक दिने स्वास्थ्य सिविरमा ५ सय भन्दा धेरैले निशुल्क रुपमा आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।
लेकबेशी नगरपालिका सुर्खेत, समाज जागरण केन्द्र (स्याक) नेपाल, जागरण एफ. एम सुर्खेतको संयुक्त आयोजना र शुभकामना पोलिक्लिनिक एण्ड मेटरनिटी सेन्टर सुर्खेतको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य जाँच गरएका हुन ।
शनिबार सिविरको उद्घाटन गर्दै लेकवेशी नगरपनलिकाका नगर प्रमुख गगन सिंह सुनारले नेपाल सरकारले तय गरेको खुसी नेपाली सुखी नेपाल भन्ने मुल नारालाई साहाकार बनाउनकोलागि पहिला ब्यक्तिनै स्वस्थ हुनु पर्ने भएको हुँदा उक्त सिविरको आयोजना गरिएको जानकारी दिए ।
यस्तै लेकवेशी नगरपालिकामी उपप्रमुख शान्तकुकारी छन्तेलले महिलाहरुमा बिबिध कारणले स्वास्थ्यमा देखा परेको समस्याहरुको बारेमा डाक्टरहरुसंग प्रस्टरुपमा भन्न आग्रह गरेकी थिइन ।
सिविरमा उपचार गरायकाहरु मध्ये अधिकांसमा पाठेघर खस्ने, पिसाव पोल्ने, बाथरोग, छाला तथा हाडजोर्नी सम्बन्धीका बिरामीहरुले निशुल्क उपचार पाएको शुभकामना पोलिक्लिनिक एण्ड मेटरनिटी सेन्टरसुर्खेतका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केशर ढकालले जानकारी दिए ।
शिविरमा शुभकामना पोलिक्लिनिक एण्ड मेटरनिटी सेन्टर सुर्खेतका प्रमुख कन्सल्टेन्ट प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केशर ढकालको नेतृत्वमा जनरल फिजिसियन डा प्रदिप न्यौपाने, डाक्टर विध्वता भट्टराई, डाक्टर इन्द्र थापा र एम शर्माले शिविरमा सेवा प्रदान गरेका थिए भने जाँच गराउन आउनेहरुमा ७० प्रतिशत महिला र बाँकी ३० प्रतिशत पुरुष रहेका थिए ।