भैरव मावि भैरवस्थानका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण


सुर्खेत ।
वीरेन्द्रनगर नपा ४ स्थित भैरव मावि भैरवस्थानमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण दिईएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत बुधबार उनीहरुलाई सो बारेमा अनुशिक्षण दिईएको हो ।
मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका सहायक डिन कमलेश डिसीले मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सामाजीक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए ।
युवाहरुलाई मानव अधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानव अधिकारमैत्री संस्कारको विकास गरी उनीहरुलाई मानव अधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा सो माविका ४४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैबीच मानव अधिकारको सिद्धान्त तथा मानव अधिकारमैत्री व्यवहारलाई सुदृढिकरण गरी विद्यालयमा मानव अधिकार संस्कृतिको विकास गर्न होमराव बोगटीकोे संयोजकत्वमा ११ सदस्यीय युवा मानव अधिकार समुह गठन पनि गरिएको छ । समुहको सदस्यहरुमा पवित्रा बसेल, कविता रावत, एलिना बस्नेत, बेदना शर्मा, ममता बुढाथोकी, प्रदीप चालिसे, जनक शाही, गोपाल चालिसे, नरबहादुर बिक र कुलबहादुर रावत रहेका छन ।
कार्यक्रमको शुभारम्भ गर्दै भैरव मावि भैरवस्थानका प्रधानाध्यापक भक्तबहादुर जिसीले आजका युवाहरुले मानव अधिकार शिक्षा र मानव अधिकारमैत्री व्यवहारको बारेमा सचेत नभए उनीहरुको सबैखाले प्रगति र उन्नतीको परिकल्पना गर्न नसकिने बताए ।