दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

 


सुर्खेत
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर एकमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयमा र श्री दिपमाला माध्यामिक विद्यालयमा आईतबार देखि सुरु भएको गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
पहिलो पटक गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
नगरपालिकाले दिएको प्रोत्सान स्वरुप विभिन्न प्रकारका खानेकुरा पाउदा ज्यादै खुसी भएको कार्यक्रममा उपस्थित भएका सहभागीहरुको बताएका छन । उनीहरुलाई आफु सफा र खुलेर कुरा गर्ने सम्बन्धमा जनचेतमा मुलक कार्यक्रम पनि आफुहरुले पाएको बताएका छन् ।

वीरेन्द्रनगर एकका वडा अध्यक्ष गंगाराम सुनारले वीरेन्द्रनगर नगरपालिकाले छोरी बचत कार्यक्रमको शुरुवात गरे संगै वडामा रहेका गर्भवती महिलामा हुने जोखिमका बारेमा जानकारी दिने र बालविवाह हुन नदिनका लागि जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर एकका जनप्रतिनिधहरु, शिक्षिकाहरु लगाएतको सहभागिता रहेको थियो ।