दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

नन्दराम खनाल
चौकुने, सुर्खेत ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चौकुने गाउँपालिका वडा न. ४ बिजौरामा शुरु भएको छ ।


शिक्षा, युवा तथा खेलकुद शाखा चौकुने गाउँपालिकाको आयोजना र जिल्ला खेलकुद विकास समिति सुर्खेतको सहयोगमा शुरु भएको कार्यक्रम २०७६ माघ २७/२८/२९ गते सम्म जगन्नाथ मावि बिजौरामा संचालन हुने छ ।
कार्यक्रम उद्घाटन गर्दै चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले खेलकुद मनोरञ्जनका निम्ति मात्र नभई स्वास्थ्यको चौतर्फी बिकासको लागि भरपर्दो माध्यम भएको बताए । खेल अनुशासित, निष्पक्ष र पुर्वाग्रही ढंगबाट शुरु हुनु पर्नेमा जोड दिए ।
उनले भने, ‘खेलकुदले व्यक्तिकाे जिवनमा मात्र प्रभाव नपारी सिङ्गो देश सङग जोडिने र राष्ट्रलाई नै चिनाउने तरिका बाट खेलाडिले आफ्नो प्रतिभा देखाउन सक्छ्न,  विद्यार्थीहरुले पढाई सहित खेलकुद, शारीरिक व्यायमका साथै बिद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिई आफ्नो क्षमतालाई दिनहुुँ बढाउदै जानू पर्दछ ।’
कार्यक्रममा चौकुने गाउँपालिका उपाध्यक्ष निर्मला मगरले खेलाडीको गहना नै अनुशासन भएको बताईन ।
कार्यक्रममा चौकुने गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत हित प्रसाद पौडेलले खेलकुदले नै विद्यार्थीको परिचय निर्धारण गर्ने र व्यक्तित्व बिकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा चौकुने गाउँपालिकाका वड न‍. ४ का वडा अध्यक्ष नमराज जैशी, ३ का वडा अध्यक्ष गणेश कुमार राना, शिक्षा शाखा प्रमुख भानुभक्त घिमिरे, जिल्ला खेलकुद बिकास समितिका सदस्य धर्मराज ढुंगाना लगाएतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
चौकुने गाउँपालिकामा फागुनको तेस्रो साता देखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना हुँदै छ ।
यसैको तयारीको लागि सुर्खेतका ९ ओटै स्थानीय तहमा खेलकुद छनौटका कार्यक्रम शुरु भैइरहेका छन ।