दुई लाख घुस रकम सहित प्राविधिक रङ्गेहात पक्राउ


सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रबहादुर केसीलाई दुई लाख घुस रकम सहित रङ्गेहात पक्राउ गरेको छ ।
केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय  सुर्खेतको टोलीले भेरीगंगा नगरपालिका वडा नम्बर १० को मदाने चौरबाट रङ्गेहात पक्राउ सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको काम सकेवापत घुस मागेको जानकारी दिदै यस बारेमा थप जानकारी आउन बाँकी रहेको सूचना अधिकारी सापकोटाले बताए ।