मुख्यमन्त्री शाहीले सिम्ता पुगेर भने, स्थानिय तहको काम बाटो खन्ने होईन

 

सुर्खेत, १० फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले स्थानिय तहको काम बाटो खन्ने नभएको बताएका छन् ।
मुख्यमन्त्री शाहिले शुक्रबार सुर्खेतको सिम्ता गाउँपालिकामा शिवरात्री महोत्सव तथा दोस्रो अध्यक्ष कप रनिङ सिल्डको उद्घाटन गर्दै स्थानिय तहले पर्यटन प्रवर्दन गर्दै जनताको उत्पादन क्षमतामा वृद्धी गर्नु पर्ने बताएका हुन् ।
सडक निर्माण, विद्युत लगाएका काम प्रदेश तथा संघ सरकारले गर्ने बताए । स्थानिय तहहरुमा ‘अझै पनि गाउँ घरमा महिला हिंसा तथा जातीय छुवाछुतलगायतका हिंसा सामाजिक विभेदका रुपमा रहेको बताउँदै यस्ता विभेद हटाउनका लगाी स्थानिय तहले सहजीकरण गर्नु पर्ने उनले बताए ।
मुख्यमन्त्री शाहिले अहिलेसम्म कर्णालीका जनता अध्याँरोमा बसेको स्मरण गर्दै प्रदेशलाई अब उज्योलो प्रदेशका रुपमा विकास गर्ने बताए । कर्णाली प्रदेश भ्रष्टाचार न्युनिकरणमा कटिबद्ध रहेको समेत उनले दाबी गरे ।
नेपाल भ्रमण बर्ष संगै जोडेर आयोजना गरिएको शिवरात्री महोत्सव तथा अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगितालाई गाउँपालिकाको कोटस्थित थुम्को मन्दिरमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहिले विगतका तुलनामा शिवरात्री महत्व र महिमामा फरक पर्दै गएको बताए । कार्यक्रमका अवसरमा उहाँले सिम्ता गाउँपालिका हरेक विकास निर्माणका काममा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले गाउँपालिका भित्र ३९.१५ गरिबी रहेको जनाउदै आफ्नो कार्यकाल भित्र ३०.५ मा झार्न संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । उनले प्रत्येक वर्ष पर्यटन महोत्सब लगायतका कार्यक्रम आयोजना गर्दै विभिन्न पदमा बसेका व्यक्तिलाई अथिति बनाएर सिम्ताको विकास र समस्याको बारेमा जानकारी गराएको बताए ।
कार्यक्रममा सुर्खेत क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य धुर्वकुमार शाहिले विकास निर्माणको काममा स्थानिय तह र प्रदेश सरकारसंग समन्वय गरेको अगाडी बढ्ने बताए । यस्तै प्रदेशसभा सदस्य ठम्मर विष्टले अहिले स्थानिय तहहरमा भ्रष्टाचार मौलाएको भन्दै यसलाई न्यनीकरणका लागी स्थानिय तह प्रदेश र संघ सरकारले कडा कदम चाल्नु पर्ने बताए ।
कार्यक्रममा सल्यानको बन्गाड कुपिण्डे नगरपालिका उप–प्रमुख मन्जु यरी, जाजरकोटको नलगाड नगरपालिका जाजरकोटकी उप–प्रमुख बालकुमारी बस्नेत र बारेकोट गाउँपालिका जाजरकोटकी उपाध्यक्ष ओम कुमारी शाहि लगायतको उपस्थिति रहेको थियो ।
दोश्रो अध्यक्ष कप खेलकुद प्रतियोगितामा १२ पुरुष भलिबल टिम, २ महिला टिमको सहभागिता रहेको छ । यसबाहेक व्याडमिन्टन, म्याराथन, म्युजिकल चेयर लगायतका खेलहरु गर्ने आयोजकले जनाएको छ । कार्यक्रम ११ गतेसम्म चल्ने छ ।