चालक नियुक्त गर्दा वडा अध्यक्षले खाए घुस

सांकेतिक तस्विर

सुर्खेत
बराहताल गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष झक्कड बहादुर पुलामीले लेकगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्समा चालक नियुक्ति गर्दा ३१ हजार घुस लिएको रहस्य खुलेको छ ।

बराहताल गाउँपालिका वडा नं. ९ का नविन पुलामीलाई एम्बुलेन्स चालक नियुक्ति गर्दा अध्यक्ष पुलामीले ३१ हजार घुस लिएको रहस्य सार्वजनिक भएको हो ।
‘स्मार्ट लाइसेन्स’ छैन माथि सम्म सबैलाई मिलाउँनुपर्छ, भन्दै वडा अध्यक्षले ३१ हजार घुस लिएको श्रोतले जानाएको छ ।

एम्बुलेन्स चालक नियुक्ति गर्दा घुस लिएको रहस्य सार्वजनिक भए चालक पुलामीको  जागिर जाने भन्दै वडा अध्यक्षले धम्क्याउने गरेको जनाइएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट लेकगाउँ स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिद गरेको थियो । (युग न्यूजबाट सभार)