करोडको लगानीमा नेपालगञ्जमा बेनेली शोरुम


नेपालगन्ज, १४ फागुन । पश्चिम नेपालको ब्यापारिक केन्द्र नेपालगन्जमा बेनेली वाईक शोरुमको उद्घाटन गरिएको छ ।
नेपालगञ्ज उपमहानगर पालिकाका मेयर धवल सम्सेर राणाले शोरुमको उद्घाटन गरेका हुन् ।
एस के मोटर्सले नेपालगन्जको काँरकादोमा शोरुम सन्चालनमा ल्याएको हो । पछिल्लो समयमा बेनेली बाईकमा युवा पुस्ताको आकर्षण बढेको संचालक सौरभ कर्माचार्यले बताए । करिब १ करोडको लगानीमा शोरुम संचालन गरिएको अर्का संचालक किरण श्रेष्ठले बताए ।