सुर्खेतमा पनि भेटिए मनकारी घरभेटी, कोरोना संकट अवधिभरकाे घरभाडा नलिने अधिकारी परिवारको घोषणा

 


सुर्खेत, १२ चैत ।
सुर्खेतका एक घरधनीले कोभिड १९ काेरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनका कारण डेरावालहरु समस्यामा परेको भन्दै उक्त समयको भाडा नलिने घोषणा गरेका छन् ।

वीरेन्द्रनगर ३ का हरि अधिकारीको परिवारले मजदुरी गरेर जिविका चलाउने परिवारहरु आफ्नो घरमा डेरागरी बस्दै आएकोमा कोरोना संकटका कारण उनीहरु समस्यामा परेकाले उक्त अवधिभरको घर बहाल नलिने घोषणा गरेका हुन् ।
गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका समाजसेवी हरि अधिकारीले बुधबार आफ्नो फेसबुक मा उक्त लेखेका छन् ।“दैनिक काम गरेर गुजारा गरिरहेका मेरो घर बिरेन्द्रनगर ३ गण्डकी लाइनमा घरबहालमा बस्ने मजदुरहरुको लागि कोरोना भाइरसबाट हुन जोगाउन सरकारले लक डाउन गरेको छ सो अबधिको भाडा मिनाह गर्ने निर्णयमा हामी पारिवारिक सल्लाहमा पुगेका छौँ । यसले केही राहत महशुस होस ।” अधिकारले फेसबुकमा लेखेका छन् ।