गौरीफन्टाबाट उद्धार गरिएकामध्य सुर्खेतका ४२ जना


धनगढी । एक रात र एक दिन कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका एक हजार नेपालीलाई उद्धार गरी सम्बन्धित जिल्लामा पठाईएको छ । २१ जिल्लाका नौँ सय ९८ जनालाई उद्धार गरीएको उनीहरुलाई सम्बन्धित जिल्लामै क्वारेन्टाईनमा बस्नु पर्नेछ । उद्धार गरिएका नेपाली मध्ये सबैभन्दा बढि कैलालीका दुई सय ९१ जना थिए । उनीहरुलाई ५ वटा बसमा सम्बन्धित स्थानीय तहमा पठाईएको छ ।
एउटा बस अत्तरिया र अन्य चार वटा टिकापुर क्षेत्रका लागि छुटेका थिए । त्यसपछि सुर्खेतका ४२, पाल्पाका ३८, कालिकोटका १२, दाङका ८, प्युठान र बाग्लुङका ३-३, कपिलवस्तुका २, बर्दिया, बाँके, जनकपुर, चितवन, रुकुम, रुपन्देहीका १-१ जनाको उद्धार गरी पठाईएको छ ।
डोटी जिल्लाका दुई सय १४ जनालाई ६ वटा बसमा सम्बन्धित स्थडानीय तहमै पुगाउने व्यवस्था गरिएको थियो । बैतडीका ८७, बझाङका ६८, अछामका ६६, डडेल्धुराका ६५, कञ्चनपुरका ५१ र दार्चुलाका ३४ जनालाई बसमा सम्बन्धित जिल्लामा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुुदूरपश्चिम बाहिरका पनि एक सय २२ जनालाई बसमा सम्वन्धित जिल्ला पठाईएको छ ।
संघीय सरकारको आदेशपछि सुदूरपीश्चम सरकार र स्थानीय प्रशासनले यातायात प्रालीसंग समन्वय गर्दै २१ वटा बसमा उनीहरुलाई गन्तव्य पठाईएको हो । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले आफ्नो समितिले मात्रै १५ वटा गाडी यात्रुलाई पुगाउन दिएको जानकारी दिए। उनीहरुलाई स्कटिङमा गन्तव्य पुगाईदैछ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आज सम्म दशगजा क्षेत्रमा पुगेका नेपालीहरुको विवरण तयार पारी गन्तव्य पठाईएको बताए । उनका अनुसार प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय तहले क्वारेन्टाईनमा राख्ने समेत निर्णय भएको छ ।