वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमण विरुद्ध हाल सम्म गरेका प्रतिकार्य यस्ता छन्

सुर्खेत, १२ चैत ।

१. सम्पूर्ण वडाहरुमा कोरोना संक्रमण विरुद्ध समन्वय समिति गठन गरी जनचेतना, माईकिङ्ग आदि गरी प्रत्येक टोलमा जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुलाई निगरानी गर्ने ।
२. जन उच्च माबि, श्रीकृष्ण संस्कृत मावि र केहरु सँस्थाहरुसँग समन्वय गरी करिव १०० शैया जतिको क्वारेन्टाईन तयार गरिएको छ । जस मध्ये ६० सेट बेड नगरपालिकाले तयार गरेको र अन्य निकायमा भएकै बेड प्रयोग गर्ने गरी ब्यवस्थापन भएको छ ।
३. फ्रान्सबाट आएकी भनिएको संक्रमित किसोरी सवार विमानमा सवार र अन्य ३र४ जना सम्भावित जोखिम भएका बिदेशबाट आएका ब्यक्तिहरुलाई आआफ्नो घरमा होम क्वारेन्टाईनमा राखी परिवारलाई समेत सजग र वडा तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा राखिएको छ ।
४. सबै स्वास्थ्यकर्मीहरु, दमकलको टोली र फोहरमैला ब्यवस्थापनको टोलीलाई चौबिसै घण्टा सम्पर्कमा रहने गरी काममा खटाईएको छ ।
५. सबै स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम् आवश्यक पर्ने सुरक्षा सामग्री एवं स्थानीय स्तरमै तयार गर्न लगाई भोलिदेखि वितरण तयारी
६. कार्यवाहक नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, वातावण विपद शाखा प्रमुख र अन्य सरोकारवालाहरु बीचमा सिधा सम्पर्क (आन्तरिक संचार सेट ) मार्फत र टेलीफोनबाट प्रहरी प्रशासन सँग समन्वयमा रहेको,
७. जिल्ला प्रहरी र उद्योग बाणिज्यसँगको सहकार्यमा नगरपालिकाको दमकल प्रयोग गरी आजमात्र नगरपालिका, जिप्रका,जिल्ला प्रशासन, विभिन्न सरकारी तथा नीजि स्वास्थ्य सँस्थाहरुमा क्लोरिनयुक्त डिसईन्फेक्ट विषादि छर्कने काम भईरहेको छ, ।
यो कार्यमा सहयोग गरी सम्भावित जोखिमबाट बच्न र बचाउन सहयोग गर्ने सम्पूर्ण नगरबासी दिदिबहिनी तथा दाजुभाई र अन्य सरोकारवालाहरु प्रति नगरपालिकाले हार्दिक आभार प्रकट समेत गरेकाे छ ।