असार मसान्त सम्म घर भाडा नलिने सुर्खेतका एक युवाको घोषणा


सुर्खेत, १३ चैत ।
कोरोना भाइरस (कोभिड—१९) को महामारी र सरकारले गरेको लकडाउनका कारण डेरावालहरु समस्यामा पर्ने भन्दै सुर्खेतमा रहेका घरधनीहरु कोेठा भाडा नलिने घोषणा गर्न थालेका छन ।
वीरेन्द्रनगर—३ का मनकारी घरबेटी हरि अधिकारीको परिवारले लकडाउन अवधी भरकोे घरभाडा नलिने घोषणा गरेपछि त्यस्तै अर्का घरबेटी छवी तिवारीको परिवारले पनि आप्mनो वीरेन्द्रनगर—११ मा रहेको घरमा बस्नेहरुलाई ३ वटा कोठाको भाडा असार मसान्त सम्म नलिने घोषणा गरेका छन ।
कोराना भाइरसबाट बचाउनकोलागि सरकारले गरेको लक डाउनमा परि समस्यामा परेर आप्mनो घरमा कोठा भाडामा बस्न आएमा असार मसान्तसम्म उनीहरुबाट घरभाडा नलिने घोषणा गरेको तिवारीको भनाई छ ।