लेकवेशी नगरपालिकाले २४ वटा क्वारेन्टाईन बनाउदैँ, स्थानिय भन्छन् लापरवाही भयो


सुर्खेत, १४ चैत । लेकवेशी नगरपालिकाले विभिन्न स्थानमा गरि २४ वटा क्वारेन्टाईन बनाउन सुरु गरेको छ । नगरपालिकको वडा नम्वर ९ मा रहेको खाँणदेबी मावी चौरासेमा ८ वटा, वडा नम्वर ४ दशरथपुरमा रहेको जिवन ज्योती मावीमा ८  वटा र वडा नम्वर १ मा रहेको मावी लेखफार्सामा ८ वटा गरि जम्मा २४ वटा क्वारेन्टाई बनाउन सुरु गरिएको नगर प्रमुख गगन सिं सुनारले जाकारी दिए । यता केहि स्थानिय नागरिकहरुले भने कोरोना भाईरसको संक्रमण फैलीएको अवस्थामा लेकवेशी सरकारले नगरपालिका कुनै पनी नाकाहरुमा हेल्थ डेस्क समेत नराखेको भन्दै गुनासो गरेका छन् ।
लेकवेशीका जनतामाथी लापरवाही भईरहेको स्थानिय यामराज शर्माले गुनासो गरे । उनले भने, भारतबाट मजदुरी गरेर गाउँ फर्किएकाहरु खुलेयाम हिडेका छन्, यस प्रती नगरपालिकाले चासो राखी काम गर्नु पर्छ ।