कर्णाली प्रदेशका कानुनमन्त्री भण्डारीको रमिता, पत्रकारलाईनै धम्की


सुर्खेत, १५ चैत । कर्णाली प्रदेश सरकारले २५ जना भन्दा बढि जम्मा नहुने निर्णय गरेपनि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफ्नो गृह जिल्लाका सुर्खेतमा बसोबास गर्ने नागरिकलाई लकडाउनको विचमा पनि ३ वटा गाडिलाई मन्त्रालयबाट पास दिएर सार्वजनिक रोडमा मान्छेको भिड लाएका छन् । भिडमा सहगागि भएकाहरुले आफुहरु नरेश भण्डारीको मान्छे हो पत्रकारलार्ई भिडियो खिच्नमा अवरोध गरेका थिए । जिल्ला प्रशासन कार्यालय सुर्खेत भने यसको मुखदर्शक बनेको छ । उनिहरुले सडक नै कव्जा गरेर बसेका छन् । दिउँसो रोडमा एक जनालाई हिड्न नदिने पुलिस प्रसाशन त्यो दृश्य देखेर रमिते बनेको थियो । कर्णाली प्रदेश सरकारको आन्तरिक सुरक्षा समालेका मन्त्री भण्डारीको यो रमिता वरपरका मानिसहरुले घर भित्रबाट हेरिरहेका थिए । श्राेत – समाचारदैनीक