लेकवेशीमा ७८ जना बाहिरबाट आए, ३ नम्वरको मुख्य नाका बन्द


सुर्खेत, १९ चैत । लेकवेशी नगरपालिका सुर्खेतमा पालिका बाहिर बाट जम्मा ७८ जना आएको तत्थ्याङ्क सार्वजनिक भएको छ । जस अन्तरगत वडा नम्वर १ मा १६ जना, वडा नम्वर ३ मा ९ जना, वडा नम्वर ४ मा ६ जना , वडा नम्वर ५ मा १ जना, वडा नम्वर ६ मा ११ जना , वडा नम्वर ७ मा १८ जना, वडा नम्वर ९ मा ५ जना र वडा नम्वर १० मा १० जना पालिका बाहिरबाट आएका नगरपालिकाका नगर प्रमुख गगन सिं सुनारले जानकारी दिए । यस्तै वडा नम्वर ८ र वडा नम्वर २ मा भने पालिका बाहिरबाट कोहि पनी नआएको उनले बताए । अहिले बाहिरबाट आएकाहरु सबैलाई होम क्वारेन्टाईनमा राखिएको र समय समयमा उनिहरको अवस्था विश्लेषण गर्ने गरिएको पनी नगर प्रमुख सुनारले जानकारी दिए । कोरोना संक्रमण फैलीन नदिनका लागी अहिले नगरपालिकाले शसस्त्र प्रहरी लेकवेशलिाई गाडि प्रदान गरि शसस्त्र प्रहरीले संक्रमण फैलिन नदिनका लागी प्रचारप्रशार गरिरहेको उनले बताए ।

नगरपालिकका ३ वटा क्षेत्रमा गरि २१ वटा क्वारेन्टाईन समेत निर्माण गरिएको छ । जस अन्तरगत दशरथपुरमा रहेको क्वारेन्टाईनमा १ जनालई राखिएको छ । यस्तै वडा नम्वर ३ का युवा जनप्रतीनीधी राम बहादुर रानाको अगुवाईमा ३ नम्वर भित्रीने नाका पनी बन्द गरिएको छ । भेरिगंगा नगरपालिका वडा नम्वर ११ देखी लेबवेशी नगरपालिका वडा नम्वर ३ सम्म आउने भेरि नदिको पुल मुख्य नाका भएको भन्दै बाहिरका मानिसहरु नआउन भन्नका लागी नाका बन्द गरिएको रानाले बताए ।