सचेतना फैलाउदै जनशन्देश युवा क्लब सिम्ता


सुर्खेत, १९ चैत । जनशन्देश युवा क्लब सिम्ता सुर्खेतले कोरोना संक्रमणबाट बच्नका लागी सचेतना कार्यक्रम गरेको छ । बुधवारका दिन सिम्ता गाउँपालिका वडा नम्वर १ र वडा नम्वर ३ मा सचेतनामुलक कार्यक्रम गर्नुका साथै १ सय ६५ घरधुरीमा सावुन वितरण गरेका छन् । तेज विक्रम सिंहको नेतृत्वमा सचेतना तथा सावुन वितरण कार्यक्रम गरिएको क्लबका सचिव गगन सिं ठकुरीले बताए ।
कल्वले अहिले सिम्ता गाउँपालिका वडा नम्वर ३ का घर घरमा पुगी कोरोना संत्रमणका विषयमा जानकारी गराईरहेको छ । सिम्ता सरकार,राजनीति दल,संघसंस्था र प्रहरी प्रशासन अहिले कोरोना संक्रमण बढ्न नदिनका लागी परेका छन् ।
अभियानमा क्लबका अध्यक्ष तेजविक्रम सिह, सचिव गंगन सिंह लगाएत पदाधिकारी र क्लबका मुख्य सल्लाहकार जित बहादुर सिह र अमर सिह ठकुरी लगाएत लागी परेका थिएका थिए ।