लकडाउन अवधिको भाडा नलीने युवा व्यावसायि खत्रीको घोषणा


सुर्खेत, २३ चैत । विश्व यतिबेला कोरोनाको महामारीबाट आक्रान्त भइरहेको छ । यति बेला देश लकडाउनमा छ । देश लकडाउनमा भएको बेलामा व्यापार व्यावसायलगायतका हरेक पेशाहरु ठप्प छ । विरेन्द्रनगर नगरपालिका १ टेम्पोपार्कमा रहेको राधाकृष्ण ट्रेडसका संचालक समाजसेवी युवा व्यावसायि दिनेश खत्रीले लकडाउनको कारण आफ्नो घरमा २ ट्रेलर ब्यपारीबाट १ महिनाको भाडा नलिने बताएका छन् ।
उनले अरु घरधनिलाइ समेत दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई हातमुख जोर्न समस्या भएको अवस्थामा अवस्था हेरी घरभाडामा सहुलियत दिन आग्रह गरेका छन् । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस विरुद्ध विभिन्न ब्यावसायी ,संघ संस्था, स्थानीय तहले गरेको सहयोगले आम नागरिकलाई सहज हुने बताए ।अहिलेको यस्तो आपतकालिन अवस्थामा आमनागरिक अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन समेत अनुरोध गरे ।