बर्तमान समयमा नेतृत्वको जिम्मेवारी, खै जनताप्रती जवाफदेहिता ?

रोशन सापकोटा । बिश्वका बिकसित मुलुकहरु आर्थिक प्रतिस्पर्धामा हजारौ माइलको यात्रा तछाड्मछाड गर्दै दौडिरहेका छन । आफ्ना जनताका प्राथमिक द्धितिय आबश्यकता पुरा गरेर स्वाधीनताको उज्यालोमा लाग्दै स्वतन्त्र रुपमा अन्तरिक्ष , समुन्द्र र ग्रीनल्याण्डमा रमाइरहेका छन । त्यस्ता मुलुकहरुले आफ्नो देशको आर्थिक ,सामाजिक र भौतिक बिकासको स्पष्ट् खाका लियर अल्पकालिन र दृघकालिन योजनाकासाथ अगाडि बढ्दै कतिपय सफलता हासिल गरिसकेका पनि छन यद्यपि ती मुलुकहरुले आफ्नो देशलाइ स्वर्गजस्तो बनाएको हाम्रो देशको नेतृत्व बर्गलाइ अबगत नभएको पनि हैन । ब्यबस्था एउटा डिजाइन मात्र हो ,अर्थात एउटा फ्रेम मात्र हो जसलाइ पुर्णरुप दिनेकाम त त्यसका अभियन्ता हरुको जिम्मेवारी हो ।


बिश्वमानचित्रमा हेर्दा नेपाल दुइवटा विशाल मुलुकहरुको बिचमा खुम्चियर रहेको सानो भु (परिबेष्ठित) मुलुक हो । एउटा बिन्दुबाट पनि समुन्द्रले नछुनु हाम्रो लागि ठूलो अभिशाप बनेको छ । हामी खुट्टा पसारेर सुत्न र धक खोलेर नाच्नपाउने अबस्था छैन ।
देशिय सामन्तबाद , छिमेकी बिस्तारबाद र त्यसका पिछलग्गु बाट हाम्रो समुदाय आक्रान्त छ । छिमेकिको घरबाट आगो नल्याए हाम्रो चुलो बल्दैन ,छिमेकिको घरबाट बेसा नल्याए हाम्रो हात मुख जोडिन्न ।यतिखेर बिश्व शिक्षा ,स्वास्थ्य,सुचना( सन्चार , यातायात र प्रबिधिको चरम बिकास गरेर देशिय अस्तित्वको होडमा लम्किरहेको छ, यहि सेरोफेरोमा हाम्रो देशमा पनि विभिन्न आरोह अबरोह पारगर्दै लोकतान्त्रिक गर्णतन्त्र स्थापना भएको छ । बैज्ञानिक समाजबादको जगमा टेकेर साम्यवादको लक्ष्य पुरागर्ने सुनौलो अबसर आएको छ । करिब सत्तरी प्रतिशत गरिब जनता र बिकासको नाममा खाली भुमी रहेको नेपाललाइ समृद्ध बनाएर आफ्नो राजनैतिक छवि बनाउने उपयुक्त समय आएको छ।आत्मनिर्भरमुखी अर्थतन्त्रको नितिलाइ अगाल्दै स्वाधिनताको दिगो बिकास तयगरी अघिबढ्न ठिक बिन्दुमा उभिएको उपयुक्त् समयमा के हो यो राजनिति खैलाबैला । खै नेतृत्वमा राष्ट्रियता र देशभक्तिपुर्ण भाव ?

खै जनताप्रती जवाफदेहिता ?
खै उदारता ,परिपक्वता र उच्च बौद्धिकता अनि सहकार्य समन्वय ,सहमतिको भावना ? समाजबादको व्यापक प्रयोग, परीक्षण र अनुशन्धान गर्न बिज्ञ हरुको समिती बनाएर अधि बढ्ने ठिक समय आएको बेला कामकुरो यकातिर कुम्लोबोकी ठिमितिर भनेजस्तो बेमौसमी बाजा बजायर के गर्न खोजेको यो? दक्षिणपन्थि र क्रान्तिकारी समुहहरुको आचरणमा फरक हुन नितान्त जरुरी छ जुन आचरणले उनिहरुलाइ जनताको सामुन्ने स्पष्टरुपमा परिभाषित गर्न सहयोग गरोस । क्रान्ति हाक्नु र सत्ता हाक्नु फरक बिषय हो । क्रान्तिमा सम्भावनाहरुको चाङ लगाएर भ्रम छर्न मिल्छ तर सत्तामा रहदा सम्भाबित कार्य गरेर चाङ लगाउनु पर्ने बाध्यता हुन्छ । बिश्व महामारिबाट आक्रान्त भयकोबेला ल्याउनु थियो भने सरुवारोग संक्रमण नियन्त्रण अध्यादेश ल्याउ सक्न पर्थ्यो । राजनेताले सौताको रिसले लोग्नेको ओछ्यानमा पिसाब फेर्ने व्यवहार गर्न मिल्छकी मिल्दैन ब्याक्तिगत स्वार्थहरुको दलदल र गुटबन्दी अराजकताको धरातलबाट माथि उठेर आफुलाइ साझा नेतृत्व को रुपमा निष्कलङ्कित रुपमा स्थापित गर्न सक्नुपर्दछ ।
एकातिर सर्बहारा श्रमजीवी बर्गको समाजबाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य सहितको शासन ब्यबस्था भन्दै खोक्रो नारा घन्काउदै जाने अर्को्तिर ब्याक्तिकेन्दृत र सत्ताकेन्दृत बर्बर राजनिति गर्ने ।
समाजबादको मुख्य लक्ष्य मानव बिकासलाइ लुटपाट्को पन्जाबाट मुक्त गराइ सामाजिक न्यायको प्रत्याभुत गराउनु हो तर सत्तामाथि भोका मानिसहरुको स्वार्थबश ब्याक्तिगत ट्क्करले सैदान्तिक रटानलाई चटक्क बिर्सि्दिएका छन । केही गरेर देखाउन आजिवन सत्तामा रहनुपर्छ र ? धेरै समय नलाग्ने त मनमोहन ले नौ महिने कार्यकालमा देखाइ सकेका छन त । यत्तिको उछिना पाछिन त शिक्षा ऐन ल्याउनमा हुनुपर्ने , सार्बजनिक यातायात ऐन ,सूचना तथा सन्चार ऐन ,सार्बजनिज जनस्वास्थ्य ऐन भ्रष्टाचार निबारण ऐन ,चिकित्सा ऐन , उपभोक्ता ऐन , मुलुकी ऐन ल्याउनमा हुनुपर्ने यद्यपि यी ऐन नबनेका हैनन तर यिनको प्रस्तावना परिवर्तन नगरी ल्याएको ऐनले के परिवर्तनको आभास दिन सक्छ र ?
शिक्षामा आमूल परिवर्तन गरि निजि र सामुदायिक विद्यालयको अवधारणा को अन्त्य गर्दै देशैभरी सामुदायिक बिधालय को अबधारणा मात्र ल्याउनु पर्छ र उक्त बिधालयमा पुरापुर दरबन्दी को ब्यबस्था गर्दै निजामती कर्मचारी सरह सेवा सुबिधाको ग्यारेन्टी गर्ने तर्फ सोचेको खै ? रु २०० का लागि दश बजे देखि चार बजेसम्म काम गर्न बाध्य लाखौ बालशिक्षक , बिधालय लेखापाल र राहत शिक्षकको बारेमा सोचेको खै ,यो भन्दा ठूलो श्रम शोषण केहि हुन सक्छ? गरिबका छोराले डाक्टर , इन्जिनियर पढ्नपाउने कानुन कुन कम्युनिस्ट पार्टीको पालामा आउने हो ? यातायात लाई सरकारीकरण गर्दै चालकको लोकसेवा जस्तै बिज्ञापनगरी सम्पुर्ण चालक क्षेत्र लाई उच्च नैतिकवान र मर्या्दित बनाउने कुन बैज्ञानिक समाजबादले गर्ने हो ?
प्रत्येक पालिकामा विशेषज्ञ डाक्टर को ब्यबस्था नगरेर हेलिकप्टर बाट सुत्केरिको उद्दार गरियो भनेर कहिले सम्म जस लिरहने हो ? सिमान्तकृत ,लक्षित समूह तथा सम्बृद्ध बर्गको तालिकिकरण र तथ्याङ्किकरण गरेर रासन कार्ड्को ब्यबस्था कसले गर्ने हो ? दुरसञ्चार को नाममा नेपाल टेलिकम र एनसेलको को माध्यामबाट अदृश्य रुपमा ब्रमलुट गर्ने परिपाटिको अन्त्य राजसस्था ब्युतियर गर्ने हो ? बिसौ लाख सक्षम जनशक्त्ति बिदेशिनुबाट रोकेर स्वदेशमै ब्यबसाय गर्ने बातबरण कहिले र कसले बनाउने हो?परंपरागत रुपमा चलिरहेको निर्वाहमुखी कृषिप्रणालिको अन्त्यगरि प्रविधिमैत्री कृषिप्रणाली कहिले र कसले बनाउने हो ? यस्ता सयौ जल्दाबल्दा प्रश्न हरु हाम्रा सामु तेर्सिएर रहेका छन । यस्ता सयौ प्रश्नहरुको समाधान खोज्दै हरेक क्षेत्रमा बिज्ञहरुको समिती बनाएर सुझाव सहित अगाडि बढेको खै ? रुढीबादी परम्परागत सस्कृतिको अन्त्यगर्न सकियको छैन । धर्म निरपेक्षको नाममा चर्च , मस्जिद र अति हिन्दुबादले समाजमा गलत अफवाह मच्चाइरहेका छन अत स्समाज र सस्कृती रुपान्तरण क्रान्तिकारी अभियान ल्याउन बाकि नै छ ।
देश कहिले जहानिया राणा शासन, कहिले निरंकुश राजतन्त्र कहिले अस्थिर दलिय ब्यबस्थाले थन्थिलो हुँदै लथालिङ्ग अबस्थामा छ । भु( राजनिती अबस्था , कमजोर सामाजिक र आर्थिक अबस्था , कमजोर सस्कृती र जनस्तर जस्ता परिस्थितिले गर्दा हाम्रो देश कम्युनिस्ट शासन र बैज्ञानिक समाजबादको अत्याधिक उर्बरा शक्ति भएको मुलुक हो । आम जनस्तर माथी नउठे सम्म ,यहाका करिब सात्तरी प्रतिशत गरिब जनताको जिबनस्तर माथी नउठेसम्म , दैनिक पन्ध्रसय को हाराहारिमा सक्षम जनशक्ति बिदेशिनुबाट रोक्न नसकेसम्म कृषिमा परिवर्तनसहितकोआधुनिक प्रणाली नभित्र्याए सम्म समाजबादी कम्युनिस्ट शासन ब्यबस्थाको बिकल्पै सोच्न सकिन्न। समाजबादि र साम्यबादी राजनिती सिद्धान्त माथि व्यापक प्रयोग र अनुसन्धान गरि शासनमा लोकतन्त्र,समाजमा अधिकार र भाईचारा विशेष सुबिधाहरुमा समानता र शिक्षा ,स्वास्थ्यमा सार्बभौमिकता नभयसम्म कम्युनिस्ट ब्यबस्था अधुरै हुनेछ ।
कम्युनिस्ट शासनको प्रमुख आधार भनेको विभिन्न बर्गमा बिभाजित समाजलाइ बर्ग्बिहिन समाजमा रुपान्तरण गर्दै गुणात्मक परिवर्तन सहितको समाजसुधार हो ।सामाजिक अनुशासन कायम गराउदै लुटपाट र भ्रष्टचार मुक्त समाज निर्माण गर्नु हो।सनातनबादी धर्मसंस्कृतिको बेथितिलाइ अन्त्यगर्दै धार्मिक जडताको पन्जाबाट मुक्ती गराउनु हो ।
पार्टिलाइ सधै अशुद्ध र फोहोरी बनाइरहने ,आफ्नो ब्यक्तिगत स्वार्थमा प्रयोग गर्ने स्वार्थ समूह र चाकरी समूह नै पार्टिका कलंक हुन,भाइरस हुन ,गुइयकिरा हुन। यसप्रकारको बिकार तत्वबाट नेतृत्व सजक र सचेत हुनजरुरी छ । कम्युनिस्ट पार्टिमा अनुशासन बिभागको महत्त्वपूर्ण भुमिका रहन्छ । संघ ,प्रदेश र स्थानीय तहमा अनुशासन समिती बनायर कृयाशिल बनाउदै कडा कार्वाहीको ब्यबस्था गरिनुपर्छ । संघ प्रदेश र स्थानिय सरकारको कामकाजको मुल्यांकन गर्ने अधिकार सम्पन्न मुल्यांकन समिती बनायर अघि बढ्न बाकिनै छ ।
एक्काइसौ सताब्दी को बिश्व समुदाय सुचना तथा सन्चारको अधिकतम प्रयोग को समुदाय हो । बिश्वको कुनै कुनामा के भैरहेको छ तत्काल थाह पाउन सकिने प्रबिधिको जमानामा कसैले कसैलाइ ढाटेर सम्भब छैन । त्यसोत नेपालमा बस्ने समुदाय पनि अबुझ छैन । राष्ट्रिय र अन्तरास्ट्रिय परिबेशलाइ नजिकबाट नियालिरहेका हुन्छन। त्यसैले त प्रत्यक निर्वाचनमा परिस्थिति बदलिन्छ हेक्का रहोस । समाजबादी स्वप्नदर्शिहरुले आफुलाइ समयको स्वामी र मानिसहरुका मालिक ठान्नपुगेमा बर्तमानले धिक्कार र इतिहासले अस्विकार गर्ने छ त्यसोत एकले अर्कोलाइ निषेध गरेर अधि बढ्नेपनी कम्युनिस्ट समूह हुनसक्छ?नेपालका नेतृत्व बर्गले समाजसुधार र राष्ट्रप्रेम सम्बन्धि राजनैतिक दर्शनको अध्यन गरे कि ब्यक्तिगत स्वार्थ र गुट्उपगुट्को राजनिती दर्शनको को अध्यन गरे बुझ्नै गार्हो । कति छुद्र,निकृष्ट,निच अनि घृणित व्यबहार प्रदर्शन गर्छन आफ्ना पछाडि सभ्य् समुदाय र बौद्धिक जमात छ भन्ने कसरी बिर्सन सक्छन् ।कामगर्दा सानोतिनो कमि कमजोरी हुन्छन त्यही कमिकमजोरिबाट पृष्ठपोषण लियर सुध्रिनु पर्छ भन्ने हेक्का हुनुपर्छ । समाजबादको सहि प्रयोग गरेर समृद्धि समाज निर्माण गर्दै बिश्वलाई नमुना बनेर देखाउने समयमा किन असहमतिका स्वरहरु !तपाइहरुलाइ अलिकती पनि लाज लाग्दैन ,देशका जनताहरु खान नपाएर भोकभोकै मरिरहेका छन ,बाजोजमिन त्यसै परिरहेको छ ,खोलानाला त्यत्तिकै बगिरहेकाछन ,पर्यटकिय स्थलहरु तेसै पर्खिरहेका छन ,लाखौ सक्षम जनशक्ति बिदेशमा श्रम बगाइरहेकाछन ,लाखौ शिक्षित अशिक्षित बेरोजगारी समूह स्वदेशमै भौतारिरहेका छन ,जल ,जमिन जङ्गलले आफ्नो सहि सदुपयोग र ब्यबस्थापन खोजिरहेका छन ।
लाखौ मतदाता ,कार्यकर्ता र शुभचिन्तकका मनहरु रोहिरहेका छन। कम्युनिस्ट ब्यबस्था को सपना देखेर भोकभोकै चुनावमा रातदिन खट्ने ती बैचारिक मिलेसिया हरुको बिचारलाइ अपमान र कुठाराघात भैरहेको छ । बर्षे्नि पचासौ खरब खाद्यान्न आयतमा मात्र बाहिरिरहेको छ। यता जमिन बाजोपरिरहने उता युबाहरु बिदेशमा श्रम बगाइरहने कस्तो बिडम्बना कसैले सोचेको छ । राज्यको ढुकुटी ,मन्त्री र प्रधानमन्त्री को कुर्सी वरिपरिको बाताबरणलाई सुन्दर संसार देख्ने परिपाटीको को अन्त्य गर्दै व्यापक उधोगधन्दाको बिकास गर्दै बेरोजगारिहरुको लागि प्रतिघन्टा काम अनुसारको पारिश्रमिकको ब्यबस्था हुने परिपाटिको ब्यबस्थागरेर देशलाइ युरोपेली मुलुक सरह बनाउन ढिला भैसकेको छ। परिवर्तित सन्दर्भमा नयाँ निति नियम र कार्ययोजना बनाएर देशलाई समृद्धि बनाउन ढिला भैराखेको सन्दर्भमा उहीँ पुरानै योजनामा अलमलियर अघि बढ्ने दुष्प्रयास गरिए के को परिवर्तन र के को लोकतान्त्रिक गणतन्त्र ।
साथिहरु भ्रष्टचाररुपि सत्ताकेन्दृत कुर्चिखेलको वरिपरि खेल्दा खेल्दै समाज र राष्ट्र बिकास गर्ने समय गुर्जिसकेको हुनेछ । त्यतिखेर तपाइहरुकै कारणले कम्युनिस्ट दर्शन र आदर्शले तपाइहरुलाइ धिक्कार्दै छोडिसकेको हुनेछ,सुनौलो अबसर र नरिवल कहिल्यै नफर्किने गरि गुमिसकेको हुनेछ ,अहिलेसम्म बचेकुचेको इतिहास पनि गुमिसकेको हुनेछ ,भाबी पिढिले धिक्कार्दै बार्षिक तिथिमात्र मनाउनेछन।हजारौ सहिदहरुको आत्माले धिक्कार्नेछ र रगतले पोल्नेछ।आफ्नो काधमा आएको गहन जिम्मेवारी र सुनौलो अबसरलाई उच्च जिम्मेवार र नैतिकताका साथ पूरा गर्न नसके धर्तिमाताले धिक्कार्दै साराप्नि छन । परिणामत आउने समय
जुनसमयमा बिचारधारा त के इतिहाससमेतको अन्त्य भैसकेको हुनेछ र मार्क्सवाद र समाजबादको कुनै अर्थ र महत्त्व हुनेछैन । त्यसोत उच्च बुद्धि बिबेक र परिपक्व व्यवहार प्रदर्शन र प्रयोग गरि नेपालमा कम्युनिस्ट शासन पद्धति स्खलन हुनबाट जोगाउन सबैखाले ब्यक्तिगत स्वार्थ गुटउपगुटत्यागेर एकजुट हुँदै साझा नेतृत्व छनौट गरौँ । बिश्वका विभिन्न विकसित मुलुकहरुबाट बिकासका मोडेल हरु भित्र्याउ।भ्रष्टाचारि ,बलत्कारी र ज्यानमारालाइ मृत्युदणडदिने कानुन बनाउ । हजारौ सहिदहरुको रगतको आहालमा पौडी खेलेर अपमानित बन्न नखोजौँ । सुन्दर, समृद्ध र समुन्नत राष्ट्रको परिकल्पना गरेर मात्र पुग्दैन काम र व्यवहार मा परिवर्तन गर्न सक्नु पर्दछ ।

लेखक  शिक्षक हुन् ।