संचारकर्मीकाे इतिहास’ बजारमा शिरुपाते खुकरीले काटिदिन्छौँ’ (भिडियोसहित)

काठमाडौं,  । पत्रकार रवीन्द्र सुबेदीको शब्दमा सीमा अतिक्रमणकै विषयलाई समेटेर इतिहास झल्काउने गरि इतिहास बोलको गीत सार्वजनिक भएको छ ।
विन्दास मिडिया नेटवर्कले निर्माण गरेको इतिहास बोलको रास्ट्रिय भाव बोकेको गीत नयाँ पुस्ताले रुचाउने गर्री याप शैलीमा तयार गरिएको छ ।
संचारकर्मी, तथा कलाकार चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिबेश गुरुङ र प्रवीण भट्टको आवाज रहेको उक्त गीतमा नेपाली वेब सिरिज आजकालको लभका लोकप्रिय कलाकार जिबेश गुरुङले यस गीतको भिडियोलाई निर्देशन गरेका छन् ।
गीतको संगित संयोजन ओम सुनारले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन् । गीतमा प्रवीण भट्टको सम्पादन तथा छायांकन नवराज उप्रेतीको रहेको छ । यसको निर्माण संयोजक टंक कार्की (छिमेकी) ले गरेका छन् ।
गीत लाई ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गितमा चिरञ्जीवी सापकोटा, जिबेश गुरुङ र प्रवीण भट्टको मुख्य भुमिका रहेको छ भने सहयोग भुमिकामा दिपशन परियार र बिनय सापकोटा छन् ।
गीतमा इतिहासको गाथा पस्किने प्रयास गरिएको छ । अतिक्रमित भुमि कालापानी, लिपुलेक जस्ता भूभाग लाई फिर्ता गनुृपर्छ भन्ने संदेश छ। गीत आहा टिभि युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले सफलता प्राप्त गरोस नेपालदर्शनको तर्फबाट शुभकामना ।