गुर्भाकोटमा ८ सय ३८ जना क्वारेन्टाईनमा


देबेन्द्र वली , सुर्खेत, १६ जेष्ठ । गुर्भाकोट नगरपालिका सुर्खेतले क्वारेन्टाईन व्यवस्थापनको कामलाई तिब्रता दिएको छ । नगरपालिकाको तथ्यांक अनुसार नगरको १४ वटै वडामा १५ स्थानमा क्वारेन्टाईन निर्माण गरिएको छ । जसमा यो समाचार तयार पार्दासम्म ८ सय ३८ जना नागरिकहरु क्वारेन्टाईनमा रहेका छन् । जसमा सवैभन्दा धेरै नागरिकहरु भारतबाट आएका नागरिकहरु रहेका छन् । क्वारेन्टाईनमा ६८ महिला र ७ सय ७० पुरुष रहेका छन् । जस मध्ये ४ जना बालबालिका र ८ जना वृद्ध वृद्धाहरु रहेकोमा ५ सय २ जनाको आर.डि.टि परिक्षण गरिएको र ३ सय ३६ जनाको आर.डी.टि परिक्षण बाँकी रहेको छ ।
नगरपालिकाको व्यवस्थापनमा रहेका सवै क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई कुनै समस्या हुन नदिन सवै जन प्रतिनिधि, स्वास्थ्यकर्मी, वुद्धिजिवी, प्रहरीहरु लगाएत सुरक्षामा खटिएका छन् ।
जिल्ला बाहिरबाट नगरभित्र प्रवेश गर्ने नागरिकहरुलाई व्यवस्थित तरिकाले उद्धार गरि क्वारेन्टाईमा राख्ने गरेको नगर उप –प्रमुख मैना विकले जानकारी दिनुभयो ।
वडा नंं. १ प्रा.वि काल्चे मालारानीमा पुरुष मात्र १९ जना रहेकोमा सवैको आर.डी.टि परिक्षण गरिएको छ । यस्तै सोहि वडामा रहेको अर्को आ. वि राम्रीकाँडा मा पनि क्वारेनटाईन निर्माण गरिएको मा कुनै पनि नागरिकलाई राखिएको छैन ।
वडा नं. २ मा.वि. कोटखोला मालारानीमा पुरुष मात्र १८ जना रहेका छन् । जसमा आर.डी.टि परिक्षण गर्न सवै बाँकी रहेका छन् ।
वडा न. ३ प्रा.वि टिमुरे धारापानी मा क्वारेन्टाईनमा राखिएको छैन ।
वडा नं. ५ आ.वि. थक्लेनीमा महिला ८, पुरुष ४१ गरि जम्मा ४९ जना रहेका मध्य १ जना बालबालिका रहेकोमा कसैको पनि आर.डी.टि गरिएको छैन ।
वडा नं. ६ ने.रा.नमुना मा.वि. बडाखोलीमा महिला १९, पुरुष ८० गरि जम्मा ९९ जना रहेको मध्य १ जना बालबालिका रहेकोमा सवैको आर.डी.टि गरिएको छ ।
वडा नं. ७ ने.रा.मा.वि कोप्चीमा महिला ४ पुरुष ५८ गरि जम्मा ६२ जना रहेकोमा सवैको आर.डी.टि गरिएको छ ।
वडा न.ं ८ सिटिहल मेहेलकुनामा महिला ४ पुरुष ३७ गरि जम्मा ४१ जना रहेको मध्य ७ जना वृद्धाहरु रहेका छन् भने कसैमा आर.डी.टि गरिएको छैन ।
वडा नं. ९ बोटेचौरमा पुरुष मात्र ५४ जना रहेकोमा ३४ आर.डी.टि गरिएको छ, भने अन्य २० जनाको बाँकी रहेका छन् । जन सेवा मा.वि. सहारेमा महिला १२, पुरुष १ सय ३७ गरि जम्मा १ सय ४९ जना मध्य २ जना बालबालिका र १ जना वृद्धा रहेका छन् । जसमा कसैको पनि आर.डी.टि गरिएको छैन ।
वडा नं. १० भेरी मा.वि घुमखहरेमा महिला ३, पुरुष ८६ जना गरि जम्मा ८९ जना रहेकोमा सवै जनाको आर.डी.टि गरिएको छ ।
वडा नं. १२ प्रा.वि शुभाघाट मा महिला २ पुरुष १८ गरि जम्मा २० मध्य कसैको पनि आर.डी.टि गरिएको छैन । यस्तै सोहि वडा मा.वि ज्यामिरे दहचौरमा महिला ७ पुरुष ६३ गरि जम्मा ७० जना रहेकोमा पनि सबैको आर.डी.टि गरिएको छ ।
वडा न. १३ आनन्द मा.वि गुमीमा महिला ९ पुरुष १ सय १५ गरि जम्मा १ सय २४ रहेकोमा ८५ जनाको आर.डी.टि गरिएको छ, भने ३९ जनाको बाँकी रहेको छ ।
वडा नं. १४ सरस्वती मा.वि अम्बापुरमा पुरुष मात्र ४४ जना रहेकोमा सवैको आर.डी.टि गरिएको उप–प्रमुख विकले बताउनु भएको हो ।