क्वारेनटाईनमै एक युवाको मृत्यु


दैलेख, १६ जेष्ठ । दैलेखको दुल्लु नगरपालिका स्थीत क्वारेन्टाईनमा बसेका एक युवाको क्वरेन्टाईनमै मृत्यु भएको छ ।
नगरपालिकाले विद्युत कर्यालयमा निर्माण गरेकोे क्वारेन्टाइनमा बसेका ३५ वर्षीय ती युवाको मृत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले जानकारी दिए ।
जेष्ठ ७ गते उनी भारतबाट आएका थिए । भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियो ।
उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने भनिएको थियो ।