कर्णाली सरकारको प्राथमिकतामा कोरोना न्यूनिकरण (पूर्णपाठ)


सुर्खेत, १६ जेठ । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आ.ब २०७७।७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा कोरोना संक्रमण फैलिन नदिने नेपाल सरकारले गरेको बन्दाबन्दीको प्रभावमा परेको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिईएको छ ।
कोभिड १९ महामारी न्यूनिकरणलाई उच्च प्राथमिकता दिइ यसको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको उचित व्यवस्था गर्दै प्रदेश भित्र आवश्यक औषधी एवं औषधीजन्य सामग्रीको सहज आपूर्ति र उपलब्धता सुनिश्चित गरी महामारीबाट जनतालाई सुरक्षित राखिने नीति कार्यक्रममा उल्लेख छ ।
आवश्यकताका आधारमा सबै जिल्ला अस्पतालमा कम्तिमा पचास देखि एक सय शैयाका आइसोलेसन कक्ष, कम्तिमा पाँच शैयाका आई.सि.यू. कक्ष र कम्तिमा एक भेन्टिलेटर सहितको सघन उपचार कक्षको ब्यवस्था शीघ्र मिलाईने नीति कार्यक्रममा उल्लेख छ। साथै महामारी नियन्त्रणका लागि थप जनशक्ति र पूर्वाधारको व्यवस्था गरी उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिशेष प्रोत्साहन प्रदान बताइएको छ ।
नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई समेत प्राथमिकता दिएको छ । ’मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिई आधारभूत खाद्यबस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरिने उल्लेख छ । कृषक प्रोत्साहन, कृषि बीमा, सहुलियत कर्जा र न्यूनतम समर्थन मूल्य जस्ता किसानमैत्री कार्यक्रम संघ र स्थानीय तहसंग साझेदारी तथा सहकार्य गरी सञ्चालन गरिने उल्लेख छ ।

पूर्णपाठ हेर्नुहाेस ः

file:///C:/Users/SCS/Desktop/Policy%20and%20Program%20(1).pdf

Policy and Program (1)