जाजरकोट रुकुम घटनाका दोषीलाई कारवाही गर्न विद्यार्थी संघकाे माग


सुर्खेत, १६ जेष्ठ । रुकुमको चौरजहारी हत्याकाण्डका दोषीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । कांग्रेस पाठशालाको आयोजनामा माइतीघरमा प्रदर्शन भएको नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पस का नेता दिपक ओझाले बताए । सहभागीहरुले रुकुम चौरजहारी हत्याकाण्डका दोषीहरुलाई कानुनी कारबाहीको माग गरेका थिए ।
प्रदर्शनलाई नेपाल विद्यार्थी संघका महामन्त्री वलदेव तिमल्सिना र युवराज पाण्डेले सम्बोधन गरेका थिए । उनीहरुले “सरकारले पिडितलाई न्याय दिन खोजिरहेको छैन त्यसैले हामीहरु दोषीलाई कानुनी कठघरामा उभ्याउन खबरदारी गर्छौं न्यायको लडाइँ निरन्तर रहने पनि बताए । प्रदर्शनमा नेपाल विद्यार्थी संघ एवं दलित विद्यार्थी संघका नेताहरुको उपस्थिति थियो ।
गत शनिबार प्रेमिका लिन १९ जना साथीका साथ गएका जाजरकोटका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोतीका गाउँलेहरुको आक्रमणमा परी नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।