दैलेखका कोरोना संक्रमितको शव व्यवस्थापन गरियो


दैलेख, १८ जेष्ठ । कोरोना संक्रमणबाट मृत्यु भएका पहिलो व्यक्तिको शब शनिबार रातिनै व्यवस्थापन गरिएको छ । नेपाली सेनाको सहयोगमा दुल्लु नगरपालिकाले शब व्यवस्थापन गरेको हो ।
नगर प्रमुख घनश्याम भण्डारीका अनुसार दुल्लु नगरपालिका–५ मा रहेको शिद्धस्थली जंगलको बीचमा शब व्यवस्थापन गरिएको हो । दैलेख बजारबाट गएको नेपाली सेनाकोे टोलीले शबलाई लगीे डोजरले खनेर व्यवस्थापन गरिएको हो ।
भारतको गुजरातबाट आएका ३५ वर्षीय व्यक्तिको शनिबार बिहान क्वारेन्टाइनमै मृत्यु भएको थियो । उनी चिया पिएर बेडमा जाँदै गर्दा एक्कासि बेहोस भएर लडेका थिए । उनको स्वाबको रिपोर्ट पोजिटिभ आएपछि संक्रमितको शबलाई व्यवस्थापन गर्ने विधिअनुसार बस्तीदेखि टाढाको जंगलको बीचमा व्यवस्थापन गरिएको छ ।