लेकवेशीमा ५० बेडको आईसुलेसन बन्दै


सुर्खेत, २२ जेष्ठ । लेकवेशी नगरपालिकामा ५० बेडको आईसुलेसन निर्माण थालनी गरिएको छ ।
यस अघि लेकवेशीमा १२ जनामा कोरोमा संक्रमण देखिएको छ । संक्रमितको संख्या बढ्न थाले पछी आईसुलेसन निर्माण कार्यको थालनी गरिएको हो । नगर प्रमुख गगन सिं सुनारका अनुसार प्रदेश सरकारको सहयोगमा कृषी अनुसन्धान केन्द्र दशरथपुरको भवनमा आईसोलशन निर्माण थालनी गरिएको हो । अहिले कोरोना संक्रमण देखिएका १२ जनालाई नेपाल रेडक्रस सोसाईटी उपशाखा लेखफर्साको भवनमा रादिएको नगर प्रमुख सुनारले जानकारी दिए । हाल बाहिरवाट आउने नागरिकहरुलाई नगरपालिकाले क्वारेनटाईनको ब्यवस्था गरि राखेको छ ।