कोभिड–१९ को प्रभाव, कृषिको आवश्यकता

देवेन्द्र वली । सुर्खेत,२७ जेष्ठ । नेपालको अर्थतन्त्र कृषिमा आधारित रही आएको भए पनि अहिलेको परिस्थितीमा नेपालको अर्थतन्त्रमा निकै ह्रास आउने अनुमान सजिलै गर्न सकिन्छ । कोभिड–१९ को महामारी लागेपछि देशमा निकै कृषि क्षेत्रको विकास हुनपर्ने र अब कृषि उपजमा कसरी आत्मनिर्भर बन्ने भन्ने कुराको चर्चा भैरहेको छ । नेपालमा कृषिमा व्यवसायीकरण गर्न र यस क्षेत्रको सम्भावना रहेकाले पनि कृषिमा रोजगारीको सृजना गर्नमा कृषि विज्ञहरुको सुझाव रहेको छ । कोभिड–१९ को सबैभन्दा बढी असर भनेकै श्रमजिवी रोजगारीको हो । रोजगारको सिलसिलामा विदेश गएका नेपालीहरुको नेपाल फर्किदाको पनि पिडा उस्तै रहेको छ । तर विदेशबाट फर्किएका नेपाली युवाहरुले कृषिमा जोड दिदा जनसक्तिको अभाव र सुविधाको अभाबमा यस क्षेत्रको विकासमा निकै चुनौती देखिन्छ ।
उन्नत कृषि प्रविधिको उपयोग सीमित छ । यसरी कृषिजन्य वस्तुको आयातमा रासायनिक मल, सिँचाई, उत्पादन सामाग्री आदिको अपर्याप्तताले गर्दा ठूलो परिमाणमा उत्पादन हुन नसक्नु र उत्पादित कृषि वस्तुहरुको बजारीकरणको अभाव हुनुले कृषि उपजको आयात बढेको हो । कृषियोग्य जमिन प्लटिङ्ग गरी गैरकृषि उत्पादनमा प्रयोग भएकाले पनि उत्पादन वृद्धि हुन नसकेको हो जसले गर्दा आयातमा निर्भर हुनुपरेको हो । कृषि व्यवसाय परम्परागत रुपमा संचालन हुनुले पनि आयात बढेको हो । व्यापार घाटा कम गर्न मुख्यतः आयात प्रतिस्थापनमा जोड दिनु पर्छ ।


कृषि क्षेत्रको विभिन्न व्यवसायमा लागेका कृषकलाई त सम्वन्धित निकायले समयमा ध्यान दिन नसकेको अवस्थामा विदेशबाट फर्किएका नागरिलाई कृषिमा लाग्न र लगानी गर्न अझै समस्या हुन सक्छ । देशको कुल जनसंख्याको करिब ६६ प्रतिशत भन्दा बढी मानिसहरुले यसै कृषि क्षेत्रमा रोजगारीमा रहेका छन । तर (कोभिड–१९).को प्रत्यक्ष प्रभावले धेरै कृषकहरुको आम्दानीमा ठुलो धक्का परेको छ । कुनै समयमा कृषिको महत्व नवुझेकालाई अहिलेको समयले कृषिको महत्व वुझ्न सिकाएको छ । गाँउको जमिन बेचेर शहर पसेका नागरिकलाई यस्ता परिस्थितीमा पछुताउने बाहेक अन्य उपाय हुन सक्दैन । बाँझो जग्गा छोडेर बसेका नागरिकहरुले अहिले धमाधम जोतखन गरिरहेका छन् ।
कृषि विकास नै देशको दीगो आर्थिक विकासको मुख्य आधार रहेकोले विकासका योजनामा कृषिलाई प्राथमिकता दिँदै आएको छ । जन प्रतिनिधिले घोषणा पत्रमा समावेश गरेका योजनालाई हेर्ने हो भने घोषणामै सिमित रहेको पाईन्छन् । अहिलेको समयमा कृषि क्षेत्रलाई र कृषकलाई सम्मान र अनुदानको आवश्यक रहेको छ । लकडाउनको टृङ्गो अत्तोपत्तो छैन । एक सममान्य कृषकले पनि अहिलेको समयमा बाँझो जग्गा जमिन जोतखन गर्न थालिसकेको छ । सहर बजार सम्म पुगेका केहि व्यवसायहरु गाँउमा रहेका बाँझो जमिन उपभोग गर्न थालिसकेका छन् । प्रमुख खाद्यन्न धान, गहुँ, मकै जस्ता बालीहरु घर भित्र्याउदा पनि बाहिर बेच्न नसक्ने अवस्था नआउला भन्न सकिन्न । यस्तो समयमा निकै भोकमरीको समस्या उत्पन्न हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसैले तीन वटै तहका सरकारले कृषिजन्य उत्पादनलाई गुणस्तरीय बनाउन आवश्यक छ ।
कृषि उपजको उत्पादनमा सघाउ पु¥याई कृषि बजारको अवसरहरु उपयोग गर्दै यी वस्तुहरुको निर्यात प्रवद्र्घन र आयात प्रतिस्थापनमा थप योगदान दिँदै कृषिजन्य व्यापार अभिवृद्घि गर्नु अहिलेको मुख्य विषय बनेको छ । अप्रशोधित कृषि वस्तु निकासीले गर्दा नेपालको व्यापारमा निकासी भन्दा पैठारीमा वृद्धि
भई व्यापार घाटा बढ्दै गएको छ । तेसो त घाटा कम गर्नलाई उत्पादनमा वृद्धि भई निकासीमा वृद्धि गरी आयात परिमाण घटाउनु आजको मुख्य चुनौती रहेको छ ।