चिङ्गाडी एकता मञ्चको गाउँपालिकालाई ध्यानाकर्षण

सुर्खेत, ३० जेष्ठ । चिङ्गाडी एकता मञ्च सुर्खेतले आरडिटी विश्वसनिय नभएको भन्दै गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण नेपाल बाहिर तथा पालिका बाहिरबाट आएका नागरिकहरुको पिपआिर गरेर मात्र घर पठाउन मञ्चले अनुरोध गरेको छ । क्वारेन्टाईनमा बसेकाहरुको आरडिटी गरेर मात्र घर पठाउँदा कोरोना भाईरस फैलिने डर भएका कारण पिसिआरको व्यवस्था मिलाइ पिसिआर गरेर मात्र घर पठाउन एक पत्र मार्फत ध्यानाकर्षण गराएको मञ्चका सचिव ध्रुव खत्रीले जानकारी दिए । यस्तै आईसोलेशन व्यवस्थापन गर्न पनी मञ्चले पत्र मार्फत आग्रह गरेको छ ।