लेकवेशीले क्वारेन्टाईन बसाई अवधी ७ दिन थप्यो


सुर्खेत, ०१ असार । लेकवेशी नगरपालिका सुर्खेतले क्वारेनटाईन बसाई अवधी थप गरेको छ । यस भन्दा पहिला बाहिरवाट आएका नागरिकहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेपछी आरडीटी तथा पिसिआर गरि होम क्वारेन्टाईनमा पठाउने गरेकोमा अहिले ७ दिन थप गरि २१ दिन क्वारेन्टाईनमा राख्ने निर्णय गरिएको नगरपालिकाका सुचना अधिकारी केशर डाङ्गीले जानकारी दिए । १४ दिन क्वारेन्टाईमा राखी स्वास्थ चेकजाँच गरि घर पाठाईएकाहरुमा स्वास्थ समस्या देखिन थालेको र क्वारेन्टाईनमा बसीरहेकाहरुलाई पनी संकास्पद स्वास्थ्य समस्या देदिन थाले पछी २१ दिन पुर्ण रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय गरिएको सुचना अधिकारी डाङ्गीले जानकारी दिए । लेकवेशी नगरपालिकामा यो समाचार तयार पार्दा सम्म ५५ जनामा कोरोना पुष्टी भईसकेको छ । भने ८ सय ४ जना क्वारेन्टाईनमा रहेका छन् ।