कोभिड १९, बढ्दो बेरोजगारी र स्थानिय सरकारकाे भुमिका ।

जनक तिवारी । हाल कोभिड १९ (कोरोना भाईरस) ले गर्दा विश्वनै एउटा फरक परिस्थितिमा जाने देखिएको छ ।
हाल नेपालमापनि यसको विभिन्न किसिमको प्रभावदिनानु दिनबढ्दै छ । संक्रमणको संख्याबढिरहेको बेला सरकारले लकडाउनलाई विभिन्न सुरक्षा उपाय अपनाएर काम गर्ने गरी खुकुलो बनाएको छ ।
गत केहिदनि देखी मानिसहरुको आवागमन भैरहेको छ । सबै आफ्नो काममा फर्किरहेको देख्न पाइन्छ । अर्कोतर्फ वैदेशिक रोजगारीका लागी विदेश गएका नागरिकहरु धमाधम घर फर्किने क्रमपनी जारी छ । यसरी ठुलो संख्यामा युवाहरु घर फर्किरहेकाछन् । केन्द्र , प्रदेश र स्थानिय सरकारले कतियुवाहरु यो बर्ष स्वदेश फर्किन्छन भन्ने यथेष्ट तथ्याङ्क राखेको देखिदैन । केहि मोटामोटि तथ्याङ्ककका बारेमा कतै सरकारी तहबाट बोलेको सुनिन्छ । यतिबेला तिनै वटा सरकारको ध्यान विदेशमा रोजगारी छोडेर नेपाल फर्कीएका युवाहरुलाई कसरी रोगारीमा जोड्ने भन्ने कुरामा जानुपर्ने देखिन्छ ।


कोरोना भाइरस महामारीका कारण अब तियुवाहरु रोजगारका लागि फेरि तेहि देशमाजाने सम्भावना देखिदैन । त्यसैले ठुलो संख्यामा बेरोजगारी सृजनाहुने देखिन्छ । यसरी ति वेरोजगार युवालाई रोजगारीमा जोड्नको लागी गतिलो निति तथा कार्यक्रम र बजेटको आवश्यकता स्थानियतह देखिनै चाहिन्छ । स्वदेशमै कामगर्ने वातावरण सृजना गर्ने यो एउटा गतिलो परिस्थिति सृजना भएको छ । त्यसकारण स्थानियतहसँग यसका लागि सबैभन्दा पहिला आफ्नो स्थानियतहमा कति नागरिक वैदेशिक रोजारमा निर्भर थिए र अब कति यहिभएका र विदेशबाट रोजगार छोडेर आएकाब्यक्तिहरु बेरोजगार हुन्छनभन्ने कुराको वास्तविक तथ्याङ्क निकाल्न जरुरी हुन्छ ।
यसरी पालिकाले गनुपर्नेपहिलो कामभनेकै वेरोजगार रहेका वा रोजगार गुमाएका युवाहरुको वास्तविक तथ्याङ्क संकलन गर्नु हो । त्यसपछि ति युवाहरुको क्षमताको लेखाजोखा गर्नुपर्ने हुन्छ । यसको मतलब जतिपनि बेरोजगार जनशक्ति स्थानियतहमा छन् तिनिहरुसँग के सिप र क्षमता छ ? कुनसिप र क्षमताभएका मान्छे कति छन् त्यसको लेखाजोखा गर्नुपर्छ । विभिन्नतवरले तथ्याङ्कको विश्लेषण गर्नुपर्छ ।
यसरी यो गरिसकेपछि कति युवालाइ कस्तो किसिमको रोजगारीमा जोड्नु पर्ने हो त्यो थाहा हुन्छ र सोहि अनुसारका नितिहरु अवलम्बन गरेर अगाडि बढ्नुपर्छ । दिर्घकालिन योजनाको रुपमा कृषिउत्पादनका साथै औद्योगिक क्षेत्रमा र सेवाको क्षेत्रमा रोजगारी सृजना गर्न सकिन्छ । तात्कालिन रुपमा युवा जनशक्तिलाई जाड्ने भनेको कृषि उत्पादन र पशुपालनमा हो । यसका साथै तथ्याङ्कको आधारमा आवश्यकता र दक्षता अनुसार आफ्नै स्थानियतहमानै प्राविधिक जनशक्तिको रुपमापनी रोजगार दिन सकिन्छ । अहिलेको परिदृश्यमा कृषि क्षेत्रमा कृषकलाई अनुदान दिने कुरा जोडतोडले उठ्ने गरेको छ । तर वास्तबमै हेर्ने हो भने राज्यबाट कृर्षि अनुदानपाएर ब्यवसाहको सुरुवात गरेर कृषकको जिवन स्तरमा परिवर्तन आएको विरलै मात्र देख्न पाईन्छ । बरु हाल भैरहेको के छ त भने, सरकारी निकायबाट विभिन्न नाममा कृषि अनुदानलिने र निरन्तर अनुदान पाइराख्ने सम्भावनाभए ब्यवसायटिकाइ राख्ने नत्रभने देखि ब्यवसाय नै बन्द गरेको धेरै उदाहरणहरु छन् । अर्को कृषिअनुदान पहुचवालाले पाए, गैर कृषकले पाए, नेताका आसेपासेले पाएभन्ने कुरा त दिनानु दिन सुन्न पाइन्छ । युवालाइ रोजगारी सँग जोड्ने सन्दर्भमा सरकारले अनुदानवाहेकको अर्को विकल्प नदेखेको हो कि जस्तो पनि देखिन्छ ।
अब कृषिलाइ सहकारी सँग जोडेर नयाँअभ्यास गर्नुपर्छ । पैसादिएर जिवन स्तर उठ्दैन, पैसा कमाउनसिकाएर जिवन स्तर उठ्छ । अहिले देखियको समस्याभनेको त सिप र क्षमताएउटा सँग छ, जमिनएउटा सँग छ अनि अनुदानअर्को तिर छ यसको तालमेल मिलेको देखिदैन । कृषकलाई अनुदानदिने होईन कृषि र पशुपालनका लागि स्थानियतहले आवश्यक प्राविधिक जनशक्तिको ब्यवस्थापन गर्नुपर्छ र प्राविधिक सेवा निशुल्कदिनुपर्छ त्यो गुणस्तरिय प्राविधिक सेवा वडा स्तरबाट किसानको घरमा पुर्याउनुपर्छ । त्यसकालागी प्राविधिकजनशक्ति चाहिन्छ । दोस्रो कुरा बजारको सुनिश्चितता हो । जब कृषकले कृषि वा पशुजन्य उत्पादनले सहज रुपमा उत्पादन लागत अनुसारको मुल्यपाउदैन जति अनुदान दिएपनि त्यो कृषक पेशामा उत्साहित भएर लाग्दैन त्यसैले स्थानियतहले संकलन केन्द्र र बजारको ब्यवस्थापन गरी बजार सँग बजारको कनेक्शन सहितको प्रवन्ध गरिदिनु पर्छ ।
तेस्रो पक्षभनेको जुन कृषकले आफ्नो पुजिले ब्यवसाय सञ्चालन गर्न सक्दैन अर्थात सिप र जागर भएका तर पुजिको अभाव भएका कृषकलाइ सहकारी मार्फत सहुलियत ऋणको ब्यवस्था गरिनु पर्छ ।
त्यो क्रणको ब्याजदर असाध्धै कम हनुपर्छ । चौथो पक्ष भनेको भैपरि आउने समस्याहरु जस्तो विभिन्न रोगहरु, प्राकृतिकप्रकोप आदिबाट कृषकको लागानि खेर नजावस भन्नको लागि सरकारी तवरबाट निशुल्क बिमाको ब्यवस्था गरिदिनु पर्छ । यसरी प्राविधिक सहयोग, बजार ब्यवस्थापन, सौलियतक्रण र बिमाको ब्यवस्थापन भएपछि अनुदानको आवश्यकता पर्दैन । यसका साथमा कृषकको उपादकत्वलाइ हेरेर कृषि र पशुपालन सँग सम्बन्धित विभिन्न औजार र प्रविधिहरु भारी छुटमा प्रदान गर्न सकिन्छ ।
यसका साथै युवाहरुमा कृषिलाई सम्मानजनक पेशाको रुपमा हेर्ने र बुझ्ने मनोविज्ञानको निर्माण गर्न जरुरी छ । जब युवाहरुमा यहि सम्भावनाको खोजि गर्न थाल्छन वा युवाहरुमा त्यस खालको जागरण पैदा हुन्छ । अनि स्थानिय सरकार त्यसको सारथि भैदिन्छ अनि त सहजै रुपमा युवाहरु स्वरोजगार बन्न सक्छन् । त्यसैले हाल स्थानियतहले अत्यन्तै सजकताका साथ नितिबनाउदा होस वा बजेट ब्यवस्थापन गर्दा होस् पकेट क्षेत्र अनुसारका दिगो कृषिलाई सर्वोपरि ठानेर काम गर्नुपर्ने जरुरी छ ।