अनलाईन शिक्षा – बालबालिकाको पहुँच र प्रभावकारिता

लाल बहादुर खडका ।
हिजोआज अनलाइन अर्थात भर्चुअल शिक्षण सिकाइ प्रसंगले सामाजिक संजाल, पत्र पत्रिका, टिभी र रेडियोहरुमा निकै बजार पाएको छ । जताततै यसको चियो चर्चा भैरहेको छ । बिभिन्न सेवा प्रदायक कार्यालय वा संघ संस्थाहरु आफना सरोकारवाला सेवाग्राहीहरु सित जुम क्लाउड मार्फत अनलाइन मिटिङ गर्ने कुरा त सामान्य भएको छ । इन्टरनेट ब्यवसाहीको ब्यापार पनि बढेको छ । लकडाउनको समयले अनलाइन सेवाग्राहीको संख्या पनि बढाएको छ । लकडाउनका कारण बाह््य कामकाज बन्द भएकोले फेसबुक, युट्युब र अनलाइन क्रियाक्लापहरु समय कटाउने साथी भएको छन् ।


बिकसित मुलुकहरुमा ब्यापार ब्यवसाय, अध्ययन अध्यापन अनलाइन मार्फत हुन्छन् भन्ने कुरा सुनेर अनौठो महसुस गर्ने हाम्रो समाज आज आफै यसको उपयोग गर्न उन्मुख भएको छ । यो सबैका लागि खुशीको कुरा पनि हो । कोरोना भाइरस (कोभिड–१९) का कारण बिश्वका अधिकांश मुलुकहरु लकडाउनको स्थितिमा छन् । नेपाल पनि यस पिडाबाट अछुतो रहन सकेन । यस्तो बिषम परिस्थितिमा बिद्यालयदेखि विश्व विद्यालय सम्म सबै बन्द छन् । बिद्यालय तथा क्याम्पसहरु क्वारेन्टाइन बनाइएका छन् । स्वदेशमा बस्नेहरुभन्दा बिदेशबाट स्वदेश फर्किनेहरुमा कोरोना भाइरसको जोखिम अधिक छ । निश्चित दिनको क्वारेन्टाइन बसाइ पछि घर फर्के तापनि मानिसमा कोरोनाको त्रास छ ।
चैत महिनामा स्थगित भएको एस ई ई परीक्षा नहुने निस्चित भैसकेको छ । बिद्यालयले प्रकाशित गरेको बिभिन्न कक्षाकोे नतिजा फोन र फेसबुकबाट आफूले जानकारी पाएका बालबालिका बिद्यालय कहिले खुल्छ भन्ने कुरामा अन्यौल छन् । यो कुरा शिक्षा मंत्रालयलाई नै एकिन छैन । यस्ता बालबालिकाहरुलाई कसरी शिक्षण सिकाइ कार्यमा सहभागी बनाउने भन्ने कुरा सबैको चासो र चुनौती बनेको छ ।
कतिपय बिद्यालयले जुम क्लाउड एप्लिकेशन मार्फत अनलाइन कक्षा संचालन गरेका पनि छन् । कतिपयले स्थानीय एफ एम रेडियो मार्फत पनि कक्षा संचालन गरेका छन् । त्यसको लाभ कति बिद्यार्थीहरुले लिएका छन् भन्ने कुराको लेखाजोखा कसैले गरेका छैनन् । तथापि सिमित संख्यामा भएपनि बिद्यार्थीले अनलाइन पढाइको लाभ लिइरहेका भने भेटिन्छन् । बिद्यार्थीले अनलाइन कक्षा शिक्षण सिकाई कार्यक्रममा किन सहभागिता देखाउन सकेनन् ? अर्थात अनलाइन शिक्षण सिकाइ कार्यक्रम किन सबैको पहुँचको बिषय बनेन ? हाम«ो जस्तो बिकासोन्मुख मुलुकमा अनलाइन शिक्षण सिकाई कार्यको सम्भावना कति छ त ? भन्ने सन्द्रर्भमा यहाँ केही चर्चा गर्ने प्रयास गरेको छु ।
नेपाल बिश्वका इन्टरनेट प«योग गर्ने देशहरुको सुचिमा १४४ औं स्थानमा पर्दो रहेछ । हाम«ो देशको बिद्यमान अवस्थालाई नियालेर हेर्दा इन्टरनेटको पहँुच शहरी इलाकामा सिमित छ । नगण्य मात्रामा ग्रामीण क्षेत्रमा पनि छ । झण्डै ८३ प«तिशत जनसंख्या गाउँमा बसोबास गर्छन । उनीहरुका बालबालिकाहरु ग«ामीण भेगका बिद्यालयमा अध्ययन गर्दछन् । गाउँका बिदालयमा इन्टरनेटको ब्यवस्था छैन । करिब १३ प«तिशत बिद्यालयमा मात्र इन्टरनेटको पहुँच पुगेको कुरा तथ्याङ्कबाट बुझ्न सकिन्छ । यस्तो परिबेशमा अनलाइन कक्षा प्रभावकारी भएपनि हाम«ा बालबालिकाहरुका लागि कति सम्भव होला ?
नेपालको भुगोल अध्ययन गर्ने हो भने धेरै भाग जनसंख्या ग«ामीण इलाकामा बसोबास गर्छन् । सबैको घरमा बिजुली पुगेको छैन । गाउँलेहरुले सामान्य टेलीफोन सेट प्रयोग गरी संचार सम्पर्क गर्न थालेका छन् । सिमित मानिसहरु सित स्मार्ट फोन छन् तापनि त्यसमा भएका सबै फन्क्शन चलाउन जान्ने सीप छैन । डिसहोम टेलीभिजन केही ब्यक्तिका घरमा जोडिएका छन् । घरायसी काममा ब्यस्त रहने अभिभावकका बलबालिकालाई समय ब्यवस्थापन गर्न पनि चुनौती नै देखिन्छ ।
बिद्यालयमा सरकारले क्वारेन्टाइनको ब्यवस्था गरेको छ । बिद्यालय गएर त्यहाँ जडित इन्टरनेट प्रयोग गर्न सक्ने अवस्था छैन । लकडाउनको समयमा घरमा बस्नुपर्ने बाध्यात्मक अवस्थामा शिक्षकहरु छन् । नगण््य शिक्षकहरुमा आइ सि टीको सामान्य ज्ञान छ । शिक्षकशरुलाई आइ सि टी सम्बन्धि तालिम छैन । आवश्यक सामग«ीको ब्यवस्था गर्नका लागि शिक्षकले अरुको सहयोग लिनु पर्दछ । सबै शिक्षक सित कम्प्युटर छैन । भएकाहरुको घरमा इन्टरनेटको ब्यवस्था छैन । शहर केन्द्रित कार्यनीतिले त्यति प्रभावकारी काम गर्ला जस्तो देखिदैन । शैक्षिक बिकासका लागि कोही पनि उत्तरदायी बन्न तयार छैनन् । ग्रामीण भेगका अभिभावकहरु बिद्यालयमुखि छन् । बालबालिकालाई कति बेला बिद्यालय पठाउने भन्ने कुराले आतुर छन् । घर र समुदायमा पढ्ने र पढाउने वातावरण छैन ।
माथि उल्लेखित सबै कुरालाई संस्लेषण गरी मैले हाम्रो देशमा चार थरीका बालबालिकाहरु भएको कुरा महसुस गरेको छु ।
१. इन्टरनेटको सुबिधा भएका बालबालिकाहरु ः सम्पन्न अभिभावकका बालबालिकाहरु पहिलो श्रेणीमा पर्दछन् । यस्ता अभिभावक स्वदेश तथा बिदेशका महँगा बिद्यालयमा आफना बालबालिका पढाउन सक्छन् । कतिपयले पढाइ रहेका पनि छन् । यस्ता बालबालिकाहरुका लागि अनलाइन कक्षा शिक्षण सिकाई उपयुक्त हुन्छ जस्तो लाग्दछ । यस्ता अभिभावकको घरमा टिभी, फोन, इन्टरनेट सबै जडान गरिएको छ । बालबालिाहरु इन्टरनेटको पहुचमा हुनाले यिनीहरुको लागि अनलाइन शिक्षण सिकाई कार्यक्रम उपयुक्त छ ।
२. टेलिभिजनको सुबिधा भएका बालबालिकाहरु ः गाउँमा बसोबास गरेतापनि सामान्य पारिवबरिक अवस्था भएका अभिभावकको घरमा टेलिभिजन पनि छ । यस्ता अभिभावकका बालबालिकहरु बिभिन्न टेलिभिजन च्यानेलहरुले संचालन गरेका अनलाइन कक्षाबाट लाभ लिइरहेका छन् । त्यस्ता बालबालिकाहरुलाई अनलाइन कक्षाको त्यति महत्व पनि छैन । इन्टरनेटको माध्यमबाट संचालित कक्षा भन्दा यस्ता कक्षा प्रभावकारी मानिन्छन् ।
३. रेडियो र फोन भएका बालबालिकाहरु ः ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश बालबालिकाहरुको घरमा रेडियो छ । त्यहाको मनोरञ्जनको साधन रेडियो हो । रेडियो नेपाल र बिभिन्न एफ एमहरुबाट कार्यक्रम सुन्ने, सुचना र जानकारी लिने गरिन्छ । त्यहाँका बालबालिकाहरुले एफ एमबाट संचालित कक्षाबाट लाभ लिन सक्ने सम्भावना अधिक छ । कतिपयले लिइरहेका पनि छन् ।
४. कुनै पनि संचारका साधन नभएका बालबालिकाहरु ः जुन अभिभावकहरुको पारिवारिक पृष्ठभुमी कमजोर छ । अर्काको काम गरेर आफनो जिविका चलाउनु पर्ने बाध्यता छ । यस्ता अभिभावकका बालबालिकाहरु सामुदायिक बिद्यालयमा पढ्छन् । उनीहरुको जनजीवन अस्तब्यस्त हुन्छ । उनीहरुलाई किताबको ब्यवस्था सरकारले गरेको हुन्छ । घरको काम सकेर मात्र पढ्न तिर लाग्नु उनीहरुको पारिवारिक बिबश्ता हुन्छ । संचारका साधन बिहिन बालबालिकाहरु कसरी अनलाइन शिक्षण सिकाईमा सहभागि हुन सक्छन् ? अरुले पढेका कुरा सुनेर आफू सहभागी हुन नसकेको निउमा आत्महत्या सम्मको अवसथामा यस्तै बालबालिका पर्दछन् । संख्यात्मक रुपमा यस्ता बालबालिका धेरै छन् ।
केही बिद्यालयले शिक्षकको गुगल बैठक बसी बिद्यार्थी समूह बनाएर अनलाइन कक्षा चलाउने योेजना गरेका पनि छन् । त्यस्ता बिद्यालयले शिक्षकहरुलाई अभिभावक तथा बिद्यार्थी सित सम्पर्क गरी कक्षा चलाउन उर्दी गरेका छन् । शिक्षकहरुले पनि बिद्यार्थीलाई फोन गरी उनीहरु सित मोबाइल वा कम्प्युटर के छ ? छैन भने किन्नुहोस । छ भने इन्टरनेट जडान गरी अनलाइन कक्षामा सहभागी भई पढ्नुहोस् । जस्ता सल्लाह दिने गरेको देखिन्छ । कतिपयले अभिभावकलाई फोन मार्फत आफना बच्चालाई मोबाइल वा कम्प्युटर किनी इन्टरनेट जडान गरिदिन सल्लाह दिएका छन् । यी र यस्तै कुराले केही अभिभावक र बिद्यार्थीहरु तनावमा देखिन्छन् । जबसम्म प्रत्येक अभिभावकको घरमा इन्टरनेटको ब्यवस्था हुदैन तबसम्म अनलाइन कक्षा शिक्षण सिकाई योजना अर्थ न पर्थ गोविन्द गाई भन्ने कहावत जस्तो हुने देखिन्छ ।
अनलाइन शिक्षण सिकाईको सल्लाह दिनेहरु भन्छन् । एन टि सी र एन सेल फोन सेवाबाट डाटा लिएर पनि मोबाइलबाट अनलाइन कक्षा चलाउन सकिन्छ । हो, केही हदसम्म चलाउन सकिन्छ तर बिश्व बजारमा दक्षिण एशियाली राष्ट्रहरुमा मोबाइल डाटा धेरै महँगो छ । एक जि वी डाटाको लागि औषत खर्च २६० रुपैया पर्दछ । यसरी महँगो डाटा तानेर अनलाइन कक्षामा सहभागी बन्न बिद्यार्थी सबै तयार हुन्छन होला त ? शहर केन्दि«त बिद्यालयमा अनलाइन कक्षा सम्भव छ किनभने अधिकांश बालबालिकाहरको घरमा इन्टरनेट सेवा उपलब्ध छ । तर ग«ामीण भेगमा बस्ने बालबालिकाहरुका लागि भने सम्भावना कम देखिन्छ ।
आजका बालबालिका भोलिका देश बिकासका कर्णधार हुन् । कोरोना (कोभिड–१९) संकटले देश लकडाउनको अवस्था छ भनेर हात बाँधेर बस्नु किमार्थ उचित होइन । अनलाइन शिक्षण सिकाई कार्यक्रमलाई मात्र प्रसय दिनुभन्दा आफनो नगरपालिका वा गाउँपालिकामा उपलब्ध साधन श्रोत र जनशक्तिलाई ख्याल गरी बिद्यालय शिक्षण कार्य सुचारु गर्नको अर्को बिकल्प संघ, प्रदेश र स्थानीय सरकार सित छैन । हैन भने बिद्यालय, शिक्षक र बिद्यार्थीको दुरी अझ बढ्ने सम्भावना अधिक देखिन्छ । जसले गर्दा बिद्यार्थीहरुको भोलिको अवस्था नै लकडाउन नहोला भन्न सकिदैन ।
शिक्षक शारदा माध्यमिक बिद्यालय छिन्चु, भेरीगंगा १२, सुर्खेत ।