लेकवेशी नगरपालिका द्वारा ६० करोडकाे बजेट प्रस्तुत


सुर्खेत, १० असार ।
लेकवेशी नगरपालिकाले ६० करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आज देखी सुरु भएको सातौँ नगरसभामा नगरपालिकाकी उपप्रमुख शान्ती कुमारी छन्तेलले आर्थिक वर्ष २०७७÷२०७८ को लागी ६० करोड ४० लाख ७६ हजार २ सय २२ रुपैँयाको बजेट प्रस्तुत गर्नुभएको हो । कुल विनियोति बजेट मध्य पुँजीगत तर्फ २० करोड ५६ लाख २९ हजार १५ रुपैँया र चालु खर्च तर्फ ३९ करोड ११ लाख ४४ हजार ३ सय ९२ रुपैँया विनियोजन गरिएको उपप्रमुख शान्ती कुमारी छन्तेलले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गरिएको । त्यसै गरि विकास साझेदार संघ संस्थाहरुको कार्यक्रम वापत ७३ लाख २ हजार ८ सय १५ रुपैँया रहेको छ ।

आगामी आ.व. २०७७/ ०७८ मा अनुमान गरिएको खर्चमध्ये आन्तरिक श्रोतवाट रु. १ करोड २४ लाख २ हजार ७ सय ७७ रुपैयाँ , संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट रु. ११ करोड ३६ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २५ करोड ७८लाख, संघीय सरकारबाट प्राप्त राजश्व वाँडफाँड रु. ८ करोड ७७ लाख २ हजार ६सय ३० रुपैयाँ , संघीय सरकारबाट विशेष शसर्त अनुदान २ कारोड ४० लाख ,संघीय सरकार समपुरबाट रु. १ करोड २८ लाख ,प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. ९९ लाख ६० हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व वाँडफाँड रु. ७ लाख ७२ हजार र संघीय सरकारबाट प्राप्त सशर्त अनुदान (सामाजिक सुरक्षा) रु. ७ करोड ७७ लाख ३६ हजार , परिचालन गरिने छ ।साथै विकास साझेदार गैरसरकारी संघसंस्थाहरुबाट रु.७३ लाख २ हजार ८ सय १५ रुपैयाँ परिचालन गरिने छ । नगरपालिकाकाे अर्काे बैठक असार २१ गते बस्नेछ ।